मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएन अमेरिकाको स्थगित निर्वाचन छिटो नहुने

एनआरएन अमेरिकाको स्थगित निर्वाचन छिटो नहुने


हिमालयखवर संवाददाता
अमेरिका- अमेरिकी अदालतको अन्तरिम आदेशका कारण स्थगित एनआरएन अमेरिकाको निर्वाचन छिटो हुने सम्भावना टरेको देखिन्छ । अध्यक्षपदमा मनोनयन पत्र हाल्ने गौरी जोशी र महासचिव पदमा मनोनयन गर्ने पूर्ण वानिया द्धारा निर्वाचन समिति संयोजक र सदस्यलाई प्रतिपक्ष बनाई दायर उक्त मुद्दामा टेनेसि अदालतले अर्को आदेश नआउंदा सम्म सबै प्रकारका निर्वाचन प्रकृया रद्द गर्न आन्तरिम आदेश जारी गरिएको छ । 
 
एनआरएन अमेरिका निर्वाचन समितिका नाममा यस्तो आदेश जारी भएको हो । एनआरएन अमेरिका ५०१ सी अर्थात् कर मुक्त संस्थाका रूपमा अमेरिकामा दर्ता छ । यो संस्था टेनिसी कोर्टको दायरा भित्र पर्ने हुदां त्यहाँ मुद्दा हालिएको हो । एनआरएन अमेरिका यहाँ दर्ता भए पनि एनआरएनए आईसीसीलाई प्रतिनिधित्व गर्छ । एनआरएनए नेपालको परराष्ट्र मन्त्रालयमा दर्ता भएको संस्था हो । यो विश्वका ७४ देशमा फैलिएको छ । 
 
यो आदेशका बारे विपक्षीको भनाई पनि सुन्ने अदालतको आन्तरिम आदेशमा उल्लेख छ । अनुरोध भएमा विपक्षीको भनाई सुन्न आदेशमा उल्लेख छ । अन्तरिम आदेश जारी गर्दा कुनै वोण्ड मागिएको छैन । निर्वाचन समितिले पनि यसका लागि आफ्नो भनाई राख्न वकिल तोकिसकेको बताइएको छ । एनआरएन अमेरिकासंग सम्बन्धित उक्त अदालतमा परेको यो दोस्रो मुद्दा हो । दुई वर्ष अघि परेको पहिलो मुद्दाको अहिलेसम्म फैसला भएको छैन ।
(टेनिसी अदालतको फैसलाको पूर्ण पाठ)

एनआरएनको चुनाव स्थगित

एनआरएन अमेरिकाको निर्वाचन स्थगित गर्न अदालतको आदेश

जोशीलाई उम्मेदवार कायम गर्न आइसिसीको अर्को निर्देशन