मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

जोशीलाई उम्मेदवार कायम गर्न आइसिसीको अर्को निर्देशन

जोशीलाई उम्मेदवार कायम गर्न आइसिसीको अर्को निर्देशन


हिमालय खबर संबाददाता
न्युयोर्क (अमेरिका)– गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको निर्वाचनमा अध्यक्षको उम्मेदवार हुनका लागि गौरीराज जोशी योग्य रहेकोले नाम समावेश गरेर चुनाव गराउन एनआरएन अन्तर्राष्ट्रिय समिति (आइसिसी) ले निर्देशन दिएको छ ।
 
सोमबार बसेको आइसिसीको आइइएस बैठकले जोशीले विगतमा ‘न्याक’ को कार्यकारिणी सदस्यको रुपमा कार्यरत रहेको निक्र्यौल निकाल्दै उम्मेदवार हुन योग्य रहेको प्रतिवेदन दिनुका साथै उम्मेदवार बनाउनका लागि निर्वाचन समितिलाई निर्देशन समेत दिएको छ ।
 
एनआरएन अमेरिकाको चुनावमा गौरीराज जोशीको उम्मेदवारी निर्वाचन समितिले रद्ध गरेको छ । जोशीलाई विगतमा एनआरएन अमेरिकाको कार्यकारिणी समितिमा नरहेको कारण दर्शाउँदै उम्मेदवार हुनबाट रोकिएको थियो । यो घटनाको विषयमा एनआरएन आइसिसीको गत साता जर्मनीमा बसेको बैठकले तीन सदस्यिय छानबीन समिति गठत गरेको थियो ।
 
छानविन समितिले जोशी उम्मेदवार हुन योग्य रहेको प्रतिवेदन दिएपछि हिजो अगष्ट ७ तारिकमा बसेको आइसिसीको बैठकले जोशी उम्मेदवार हुन योग्य रहेको जनाउँदै उम्मेदवारीमा नाम समावेश गर्न मंगलबार क्षेत्रीय संयोजक सोनाम लामा, क्षेत्रीय उपसंयोजक एसी शेर्पा मार्फत निर्वाचन समितिलाई निर्देशन पठाएको छ । 
 
यो पत्रपछि जोशीलाई उम्मेदवार हुनबाट रोक्न बल प्रयोग गर्ने सोनाम लामा र एसी शेर्पाले के गर्छन ? प्रतिक्षाको विषय भएको छ । सोनाम र एसीकै कारण एनआरएन अमेरिकाको विवाद सिर्जना भएर अदालतमा मुद्धा परिसकेको छ । त्यस्तै क्यालिफोर्नियामा अर्को एनआरएन अमेरिका गठतका लागि पूर्ब बोर्ड अफा डाइरेक्टर बैकुण्ठ खनाल लगायतले प्रकृया सुरु गरिसकेका छन् । 
 
क्षेत्रीय संयोजक र उपसंयोजककै कारण आइसिसी अध्यक्ष शेष घले समेत आफ्नो कार्यकालको केही महिना बाँकी छँदा विवादमा तानिएका छन् । यस्तो अवस्थामा लामा र शेर्पाले नैतिकताका आधारमा राजिनामा दिनुपर्ने आवाज एनआरएन अमेरिकाका सदस्यहरुले उठाएका छन् । ‘शान्त रहेको एनआरएनको तलाउमा स्वार्थ पुरा गर्नका लागि ढुंगा हानेर पानी धमिल्याउने यी दुईलाई अविश्वासको प्रस्ताव ल्याएर हटाउनुपर्ने देखिन्छ,’ एनआरएन एक सदस्यले भने । 
 
उता सोनामको विवादास्पद पत्रलाई आधार मानेर जोशीलाई उम्मेदवार अयोग्य ठहर्याउने निर्वाचन आयुक्तको नैतिकतामा पनि प्रश्न उब्जिएको छ । 
 
उता, गौरी जोशीलाई उम्मेदवार हुन नदिइएको भन्दै अमेरिकाको टेनिसी राज्यको अदालतमा मुद्धा परिसकेको छ । 
 
पत्रका मूख्य बुँदा र आइसिसी महासचिव केसीले लेखेको पत्र