मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएन अमेरिकाको निर्वाचन स्थगित गर्न अदालतको आदेश

एनआरएन अमेरिकाको निर्वाचन स्थगित गर्न अदालतको आदेश


हिमालयखबर संबाददाता
टेक्सस(अमेरिका)- यही अगष्ट ११ र १२ मा हुने भनिएको  एनआरएन अमेरिकाको निर्वाचन अन्तत रोकिने भएको छ । अध्यक्षका एक जना बलीया प्रत्याशी गौरी  जोशीको उम्मेदवारीका विषयलाई लिएर विवादमा पर्दै आएको एनआरएन अमेरिकाको निर्वाचन प्रक्रिया  रोक्न टेनीसी अदालतले आज अन्तरिम आदेश जारी गरेको सम्बद्ध स्रोतले हिमालय खबरलाई जनाएको छ ।
 
एनआरएन अमेरिकाको विधान र एनआरएन अन्तर्राष्टिय समन्वय परिषदको विधान दुवैको मापदण्ड पुरागरी अध्यक्षमा उम्मेदवारी दिएको भए पनि निर्वाचन समितिले जोशीको उम्मेदवारीलाइ मान्यता नदिएपछि जोशीका तर्फबाट सोमबार बिहान दायर गरिएको मुद्धाको सुनुवाइ गर्दै अदालतले  तत्काल निर्वाचन प्रक्रिया रोक्न अन्तरिम आदेश जारी गरेको हो ।  
 
आदेशमा के के विषय कसरी उल्लेख गरिएको छ भन्ने विवरण प्राप्त भैसकेको छैन । सम्बद्ध स्रोतका अनुसार, अदालतबाट मंगलबार मात्र औपचारिक रूपमा आदेशको विस्तृत विवरण उपलब्ध हुनेछ ।
 
यस सम्बन्धमा थप जान्न गौरी जोशीसँग कुरा गर्दा उनले भने "मेरो वकिले अन्तरिम आदेश भएको बताए छन्, मंगलबार दिउँसोसम्म मात्र म थप केही भन्नसक्छु ।"
 

यो पनि पढ्नु होला: BREAKING NEWS एनआरएनको चुनाव स्थगित