मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

न्यूयोर्कमा दुइ दिनमा तीन नेपालीले ज्यान गुमाए

न्यूयोर्कमा दुइ दिनमा तीन नेपालीले ज्यान गुमाए


हिमालयखवर संवाददाता
अमेरिका- लामो समय टेक्सस बसेर केही वर्ष अघि न्यूयोर्क सरेका अजयमान छोंचुँको निधन भएको छ ।
 
सन् १९९८ मा नेपालबाट ड्यालस अएर हाल न्यूयोर्कमा बस्दै अाएका छोंचुँको शनिबार उपचारकै क्रममा निधन भएको हो । उनी ड्यालसको सामाजीक संस्था ड्यालस एभरेष्ट लायन्स क्लबको चार्टर्ड प्रेसिडेन्ट (संस्थापक सभापति) थिए । उनीसँग निकट रहेका ड्यालसका समाजसेवी तथा लायन्स क्लबकै पूर्व अध्यक्ष राम सी पोखरेलका अनुसार छोंचुँको निधनले अमेरिकाको नेपाली समुदायले असल व्यक्तित्व गुमाएको छ । 
 
उनी सन् २००२ मा ड्यालस एभरेष्ट लायन्स क्लबको सभापति थिए । उनी ८ वर्ष अघि ड्यालसबाट न्यूयोर्क सरेका थिए । अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । उनी करिव ६५ बर्षका थिए । ह्दयधातका कारण उनको मृत्यु भएको परिवार स्रोतले जनाएको छ ।
 
छोंचुँ नेपालमा छँदा काठमाडाैंको सरस्वती बहुमुखी क्याम्पसमा अध्यापन गराउँथे । 
 
केही दिन अघि अर्जेण्ट केयरमा चेकजाँच गर्दा निमोनिया देखिएको थियो । तर, शनिवार उनलाई अचानक ह्दयधात भएको थियो । यसले गर्दा उनको ज्यान गयो । 
 
न्यूयोर्कमा दुइ साताको अन्तरमा चारजना नेपालीको निधन भएको छ । केही दिन अघि कोरोना भाइरसका कारण नेपाली अनिल लिम्बुको पनि मृत्यु भएको थियो । 
 
शुक्रबारनै मुस्ताङ घर भइ हाल न्यूयोर्क बस्दै अाएका सोनाम लामा र थोक्मे बिष्टको पनि शुक्रवार निधन भएको थियो ।
 
कोराना भाइरस संक्रमणको मुख्य केन्द्र न्यूयोर्कमा अहिले व्याप त्रास छ । अधिकांश नेपाली घरमै बसिरहेका छन् । यसले गर्दा समस्या पनि देखिएको हो ।