मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

न्यूयोर्कमा थप दुई नेपालीको मृत्यु

न्यूयोर्कमा थप दुई नेपालीको मृत्यु


हिमालयखवर संवाददाता
अमेरिका- कोरोना भाइरस (कोभिड१९) सवैभन्दा प्रभावित न्यूयोर्कमा थप दुई जना नेपालीको मृत्यु भएको छ ।
 
 नेपालमा मुस्तागं घर भई कुईन्स र जमैकामा वस्ने सोनाम लामा र थोक्मे विष्टको  शुक्रवार मृत्यु भएको वताईएको छ ।  घरमै बसिरहेका वेला  उनीहरुको मृत्यु भएको हो ।
 
स्थानिय प्रशासनले ती व्यक्तिको शव लिएर गएको वताईएको छ । के कारणले उनीहरुको मृत्यु भएको आधिकारीक जानकारी भने आएको छैन । विष्टको पहिले देखिनै मुटु रोगी भएकाले यही कारणले निधन भएको परिवार स्रोतले जनाएको छ ।
 
उनलाई चिन्ने राजकुमार विष्टले  म्यासेजमा  भनेका छन् हाम्रा मुस्तागे आफन्तजन थोक्मे विष्ट कोरोनाले नभै पुरानो मुटुको रोगले वितेको कुरा डाक्टरको रिपोर्ट रहेको जानकारी गराउंछु ।  ६ दिन पछि उनको दाहसंस्कार गरिने छ ।
 
उनीहरु नेपाली भएकाले यसवारेमा वासिंटन डिसी स्थित नेपाली दुतावासलाई जानकारी गराईएको समाचार स्रोतले जनाएको छ ।
 
दुतावासले भने यसवारेमा आधिकारीक जानकारी दिएको छैन । दुतावासलाई उनीहरुको मृत्युको कारण कोरोना भाइरस संक्रमण पनि हुन सक्ने जानकारी दिईएको सम्वन्द्ध स्रोतले जनाएको छ ।
 
न्यूयोर्कवाट संचालित नेपाली अनलाइन खसोखासले एक्ला एक्लै वस्दै आएको उनीहरुको उमेर अन्दाजी करिव ४० बर्ष रहेको जनाएको छ । लामा १८ र विष्ट १९ बर्ष देखि अमेरिका वस्दै आएको उक्त अनलाइनले जनाएको छ । दुवैको नागरिकता नेपाली रहेको वताईएको छ ।
 
स्थानिय नेपाली समुदायका अगुवाहरुलाई भने उनीहरुको मृत्युवारे जानकारी नभएको वताईएको छ । कोही आफन्त नभएकाले शव प्रहरीले लिएर गएको हुन सक्ने अनुमान गरिएको छ । दुवैका परिवार नेपालमा रहेको जनाईएको छ ।
 
लामा एक साता अघि स्वास्थ्य समस्या आएपछि अस्पताल गएका थिए । अस्पतालले घरमै एकान्तमा वसेर ज्वरो रुवा लागेका वेला खाने औषधी खान भनेर पठाएको वताईएको छ । यही क्रममा मृत्यु भएको हो ।
 
अमेरिकामा कोरोना भाइरसको संक्रमण फैलिरहेको छ । न्यूयोर्क यसवाट सवैभन्दा वढी प्रभावित छ । न्यूयोर्कका स्थानिय नेपालीहरुको अनुसार एक हजार जना भन्दा वढी नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको छ । यो संख्या  दैनिक बृद्धि भईरहेको छ ।
 
सानो स्थानमा धेरै नेपाली वस्ने भएकाले पनि कोभिड१९ को संक्रमण व्यापक रुपमा नेपाली समुदायमा फैलिन थालेको बताईएको छ ।
 
संक्रमणमा परेका अधिकांश नेपालीले पछिल्लो पटक आफु पेटल ब्रदर्श भन्ने स्टोरमा किनमेल गर्न गएको वताएका छन् । पटेल ब्रदर्शमा काम गर्ने एक दर्जनभन्दा वढीलाई कोरोना भाइरस भएपछि प्रशासनले यो स्टोरलाई वन्द गरिदिएको छ ।
 
पटेल ब्रदर्श भारतीय मुलका खाद्यान्न लगायत उपयभोग्य वस्तु विक्री गर्ने अमेरिकाकै ठूलो स्टोर हो । यहां कयौं नेपाली पनि काम गर्छन ।
 
यस अघि न्यूर्याकमै एक नेपालीको कोरोना संक्रमणवाट मृत्यु भएको थियो । कोलोराडोमा पनि एक जना नेपालीको अवस्था गम्भिर भएको जानकारी केही दिन अघि आएको थियो । कोलारोडोका ति नेपालीको पछिल्लो स्थितीवारे कुनै जानकारी सार्वजनिक गरिएको छैन ।
 
न्यूयोर्कवाहेक अन्य विभिन्न शहरमा पनि कोरोना भाइरसवाट नेपाली संक्रमित भएको छन् ।