मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

ड्यालसमा चार दिन पहिल्यै भव्य होली

ड्यालसमा चार दिन पहिल्यै भव्य होली


ड्यालस (टेक्सस) – होली पर्व आउन चार दिन बाँकी छँदै अमेरिकाको ड्यालसमा भव्यतासँग नेपाली समुदायले होली (फागु) मनाएका छन् ।
 
ईन्द्रेणी सांस्कृतिक संघको आयोजनामा स्थानीय ग्रेपभाइन लेकको ओकग्रोभ पार्कमा आयोजित होली कार्यक्रममा गीत–संगीत सहित बिभिन्न मनोरञ्जनात्मक खेलहरु समेत समावेश गरिएको थियो । मौसमको प्रतिकुलताका कारण अपेक्षाकृत सहभागीहरु नआएपनि कार्यक्रम सोचेभन्दा पनि सफल भएको संघका अध्यक्ष ताराप्रसाद भुसालले बताए ।
 
‘दिउँसो १२ बजेसम्म पानी परिरहेकोले कार्यक्रमनै स्थगित गर्नुपर्ला कि भनेजस्तो भैसकेको थियो । तर पानी पर्न छाडेपछि सहभागीहरु उपस्थित भएर होलीलाई सदाझैँ भव्य रुपमा मनाएका छौँ,’ भुसालले भने । कार्यक्रममा एएनएका महासचिव विजयराज भट्टराई, नेपाली समाज टेक्ससका अध्यक्ष सुमन थापा, पूर्ब अध्यक्ष डा. प्रेम अधिकारी, प्रवासी नेपाली मञ्चकी उपाध्यक्ष यमुना भट्टराई लगायत समाजका अग्रणीहरुको सहभागीता थियो ।
 
नेपाली क्यालेण्डर अनुसार आउँदो बिहीबार होली (फागु पूर्णिमा) परेको छ । तर अमेरिकामा सप्ताहन्त (शनिबार वा आइतबार) पारेर पर्व मनाउने चलन अनुसार शनिबार इन्द्रेणी सांस्कृतिक संघले होली आयोजना गरेको हो । 
 
आउँदो शनिबार ड्यालसमा रहेका छुट्टाछुट्टै चार नेपाली संस्थाहरुले होली आयोजना गर्दैछन् । नेपाली समाज टेक्ससले ग्रेपभाइन लेकमा, रमाइलो रेष्टुरेन्टले युलेसको बियरक्रिक पार्कमा, युलेस नेपाली समाजले टीकापुरमा र मधेशी एसोसिएन इन अमेरिका डिएफडब्लु च्याप्टरले अर्भिङमा फागु मनाउने तयारी गरेको छ ।