मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

एनएसटीले होली कार्यक्रम गर्ने

एनएसटीले होली कार्यक्रम गर्ने


हिमालयखवर संवाददाता
ड्यालस(टेक्सस)- नेपाली समाज टेक्सस (एनएसटी)ले  मार्च ३ तारिख शनिवार बृहत होली कार्यक्रम आयोजना गर्ने भएको छ । विभिन्न मनोरञ्जन कार्यक्रम सहित होली मनाउन लागिएको एनएसटीका अध्यक्ष सुमन थापाले जानकारी दिए । 
 
ग्रेपभाइन लेकमा हुन लागेको उक्त होली कार्यक्रममा स्थानिय सांगीतिक समूहले त्यहां प्रक्षत्य  म्यूजिक सहित प्रस्तुती दिने, लगायत डान्स कार्यक्रम राखिएको छ । निशुल्क प्रवेश सुविधा र सशुल्क खानाका स्टलपनि राखिने होली कार्यक्रम संयोजक राजीव राजभाटले वताए । होली कार्यक्रम बिहान ११ बजे देखि ७ बजेसम्म हुने राजीवले जानकारी दिए । 
 
एनएसटीले टेक्सस ड्यालसमा भएका नेपाली समुदायसंग सम्वद्ध करिव ३ दर्जन संघ संस्थालाई पनि उक्त कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ । 
 
हामीले यहां रहेका नेपाली समुदायका अन्य संघ संस्थालाई पनि उक्त होली कार्यक्रममा सहभागी हुन अनुरोध गरेका छौं थापाले भने धेरैवाट सकरात्मक जवाफ पाएका छौं । 
 
ड्यालसको लोकप्रिय डिजे मोमो इन्टरटेन्मेण्ट उक्त होली कार्यक्रमसंग आवद्ध रहेको एनएसटीले जनाएको छ ।