मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

टीपीएसले असाइलम माग्ने केही नेपालीलाई समस्या

टीपीएसले असाइलम माग्ने केही नेपालीलाई समस्या


हिमालयखवर संवाददाता
अमेरिका- अमेरिकाले नेपालीलाई दिएको ट्रम्प्रोररी प्रोटेक्ट स्ट्याट् (टीपीएस) लिई यहाँ आश्रय (असाइलम) का लागि निवेदन दिएका केहीलाई यो सुविधा समस्या पनि बनेको छ । टीपीएस हुनेको असाइलम अस्विकृत हुदां इमिग्रेशन अदालतमा केस नगई बन्द हुने केही  केसहरू आएको सम्बद्ध कानुन व्यवसायीले बताएका छन् । टीपीएसका कारण केहीको असाइलमका लागि अन्तवार्ता भए पनि रिजल्ट आउन भने रोकिएको ती व्यवसायीले जानकारी दिए ।  
 
टीपीएस हुदां यहाँ बस्ने कानुनी हैसियत भइरहने हुदां यस्ता समस्या आएको कानुन व्यवसायी बताउँछन् । प्राय केसमा असाइलम यहाँ बस्ने कानुनी अधिकार सकिएपछि दिने गरिन्छ ।
 
टीपीएस सुविधा लिदां यसका केही जटिलता पनि छन् इमिग्रेशन मामिला सम्बन्धी कानुन व्यवसायी बासु फुलराले भने । नविकरण हुन्छ हुदैंन,  जस्ता भ्रममा पर्नु भन्दा समयमै कानुन व्यवसायीसँग परामर्श गर्नु उपयुक्त हुने फुलराको सुझाव छ । 
 
अहिले टीपीएस पछिको अवस्थाका बारेमा आफुकहां सोधखोज गर्ने नेपालीको सङ्ख्या वृद्धि भएको फुलराले जानकारी दिए ।
 
नेपाल सरकारले अमेरिका सरकारलाई औपचारिक रूपमा पत्र पठाए पछि वासिंटनले नेपालको अवस्था समिक्ष गरेर टीपीएस नविकरण गर्ने नगर्ने निर्णय गर्छ । नविकरण हुने नहुने यसमा अन्योलै छ । 
 
अमेरिकाले अप्रिल २५ २०१५ मा नेपालमा गएको महाभुकम्पपछि सन् २०१५ जुन २४ मा यहाँ बस्ने नेपालीलाई टीपीएस सुविधा प्रदान गरेको थियो । यसको अवधि जुन २४ २०१८ सम्म छ । करिब १२ हजार नेपालीले टीपीएस लिएका छन् । यसमा केही विद्यार्थी पनि छन् । यस मध्ये अधिकांशले एजाइलम लगायत अन्य स्ट्याटसमा जान प्रकृया अगाडी वढाईसकेको यस सम्बन्धी जानकारहरू बताउँछन् । असाइलम भरिसकेको अवस्थामा टीपीएस पनि हुदां केहीलाई समस्या भएको हो ।
 
टीपीएस स्थायी होइन यो अस्थायी हो इमिग्रेशन मामिला सम्बन्धी जानकार कानुन व्यवसायी फुलराले भने यो यस पटक थपिएला तर, कुनै एक समयमा यो समाप्त हुन्छ त्यस बेला झनै कठिन हुने हुदां अहिलेनै अर्को स्ट्याटमा जाने पहलगर्न उपयुक्त हुन्छ । असाइलम फारम जसले भरिसकेका छन् उनीहरूलाई नविकरण नहुदां पनि फरक पर्दैन बरु हुदां अप्ठ्यारो पर्न सक्ने अर्का कानुन व्यवसायीले बताए ।
 
अहिलेको सही सल्लाह भनेकै इमिग्रेशन विज्ञसँग परामर्श गरेर अगाडी बढ्नु हो फुलराले भने । अन्य इमिग्रेशन सम्बन्धी जानकारहरूले पनि टीपीएस नविकरणका बारेमा आएका विभिन्न तर्क वितर्क भन्दा पनि कानुन व्यवसायीकै सल्लाह लिनु राम्रो हुने  बताउँछन् । 
 
गत जनवरी ८ मा एलसाल्भाडोरका नागरिकले पाएको टीपीएस रद्द भयो । फेरी अर्को निर्णय नभए झण्डै २ लाख साल्भाडोरिएन देश फर्कनु पर्ने छ । यस्तै गत नोभेम्बरमा हाइटीले पाएको टीपीएस पनि अमेरिका सरकारले रद्द गर्‍यो । यसका कारण ४६ हजार टीपीएसमा अमेरिका बस्ने हाइटीका नागरिक प्रभावित भएका छन् । निकारागुवाका नागरिकले पाएको टीपीएसपनि रद्द भएको छ । हन्डुरसका नागरिकले पाएको टीपीएस सुविधा पनि अन्यौलमै छ ।
 
टीपीएस रद्द गर्दा अमेरिकाको होमल्याण्ड सेक्यूरिटीजले कि अर्को स्ट्याटसमा जान वा नभए देश फर्किन भनेको छ ।