मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएन अमेरिका निर्वाचन, किन उम्मेदवारको पहिलो सूची आएन

एनआरएन अमेरिका निर्वाचन, किन उम्मेदवारको पहिलो सूची आएन


न्युयोर्क (अमेरिका) – एनआरएन अमेरिकामा आफ्नै तालिका अनुसार काम गर्न नसकेपछि पुन नयाँ विवाद शूरु भएको छ । एनआरएन अमेरिकाको निर्वाचन समितिले उम्मेदवारको पहिलो सूची मंगलवार निकाल्ने तालिका सार्वजनिक गरेको थियो । तर, यो तालिका अनुसार उम्मेदवारको पहिलो सूची प्रकाशित भएन ।
 
किन एनआरएन अमेरिकाले आफ्नै तालिका अनुसार गरेन ? विभिन्न हल्लाहरु आउन शुरु गरेका छन । अमेरिका हेर्ने एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषदका संयोजक सोनाम लामाले सोमवार निर्वाचन समितिलाई पत्र पठाउनु, तालिका अनुसार उम्मेदवारको सूची नआउनु जस्ता कारणले हल्लाहरु आएका हुन् । 
 
क्षेत्रीय संयोजक सोनाम लामाको पत्रको पहिलो लाइनमै आउने अगष्टको ११ र १२ तारिखमा राष्ट्रिय समन्वय परिषद्, यूएसएको निर्वाचन हुने व्यहोरा यहाँलाई अवगतै होला भन्ने उल्लेख छ । जब कि निर्वाचन समितिले नै उक्त तारिखमा निर्वाचन गर्ने तालिका सार्वजनिक गरेको हो । 
 
उक्त पत्रले गौरी जोशीलाई अध्यक्ष पदमा उठ्न नपाउने आशय व्यक्त गरिएको छ । उम्मेदवारको पहिलो सूची किन आएन भन्ने जवाफ निर्वाचन समितिले सार्वजनिक रूपमा दिएको छैन । 
 
मंगलवार मध्ये रातमा एनआरएन अमेरिकाका पदाधिकारीलाई पत्र पठाएर उम्मेदवार दिनेको पैसा समयमा प्राप्त नभएको, प्रस्ताव र समर्थक मतदाता सूचीमा नभएका राखिएको जस्ता कारणले केही समय लागेको जानकारी दिएको थियो । बुधवार उम्मेदवारको सूची प्रकाशित गर्ने निर्वाचन समितिले जनाएको छ ।