मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएन अमेरिका निर्वाचन समितिले आफ्नै तालिका अनुसार काम गर्न सकेन

एनआरएन अमेरिका निर्वाचन समितिले आफ्नै तालिका अनुसार काम गर्न सकेन


हिमालयखबर संवाददाता
अमेरिका- एनआरएन अमेरिका निर्वाचन समिति आफैंले तोकेको समयमा उम्मेदवारको प्रथामिक सुची निकाल्न असक्षम भएको छ । निर्वाचन समितिले उम्मेदवारको पहिलो सूची मंगलवार निकाल्ने तालिका सार्वजनिक गरेको थियो । 
 
भर्जिनियामा रहेको निर्वाचन समितिले पुर्व समय अनुसार मंगलवार राती १२ बजेसम्म उम्मेदवारको सुची निकाल्न सकेन । यसवारेमा कुनै सूचनापनि सार्वजनिक गरिएको छैन । 
 
निर्वाचन समितिले जुलाई १८ मा उम्मेदवार दिनेको पहिलो सूची निकाल्ने र जुलाई २४ सम्म फिर्ता लिने समय निर्धारण गरेको थियो । उम्मेदवार माथि दावी विरोध जस्ता प्रकृया पुरा गरेर जुलाई २९ मा उम्मेदवारको अन्तिम मिती सार्वजनिक गर्ने तालिका निर्वाचन समितिले दिएको थियो । यस पछि अगष्ट ११ र १२ निर्वाचन मतदान हुने तय गरिएको थियो । 
 
निर्वाचन समितिले समयमा उम्मेदवारको सूची निकाल्न नसक्दा गौरी जोशी उम्मेदवार वन्न पाएका नपाएको वारेमा अफवाह फैलिएको छ ।
 
यसै बिच मंगलवार मध्येरातमा एनआरएन अमेरिका निर्वाचन समितिले पदाधिकारीलाई पत्र पठाएर उम्मेदवारका कारणले प्रथामिक सूची समयमा सार्वजनिक गर्न नसकिएको जनाएको छ । 
 
उम्मेदवारहरुका समर्थक र प्रस्तावकहरुको सदस्य नै नभएको अवस्था, फर्ममा उम्मेदवार, प्रस्तावक र समर्थक समेतले सही गर्न छुटाउनु,  इमेल र मेलवाट डकुमेण्ट समय सीमामा नपुग्नु, उम्मेदवारीको शुल्क नतिर्नु प्राप्त नहुनु, डकुमेण्ट नोटराइज नगर्नु, अति आवश्यक सपोर्टिगं डकुमेन्ट नहुनु जस्ता समस्या देखिएको निर्वाचन समितिले जनाएको छ ।