मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोरोना संक्रमणबाट विश्वभर सात लाख १४ हजारको मृत्यु

कोरोना संक्रमणबाट विश्वभर सात लाख १४ हजारको मृत्यु


काठमाडौँ । विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण ७ लाख १३ हजार ६६० व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ । 

सो संगठनका अनुसार बिहीबारसम्म विश्वभर एक करोड ९० लाख ९३ हजार ९५७ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।
 
सङ्क्रमितमध्ये हालसम्म एक करोड २२ लाख ५४ हजार ९६६ व्यक्ति कोरोनामुक्त भएका छन् । विश्वभरमा ६१ लाख २५ हजार ५८३ व्यक्तिको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६५ हजार ३३३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 
 
चीनको हुवेई प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । 
 
डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४९ लाख ९१ हजार ६०३ जना कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ६१ हजार ९२६ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ । 
 
अमेरिकामा कोरोना भाइरस सङ्क्रमणका कारण एकै दिनमा एक हजार ३११ जनाको मृत्यु भएको जोन्स हप्किन्स् विश्वविद्यालयले जानकारी दिएको छ । 
 
दक्षिण अमेरिकामा ४४ लाख ६० हजार ६० जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ एक लाख ५२ हजार ९३७ जनाको मृत्यु भएको छ । 
 
उत्तर अमेरिकामा ५८ लाख ६८ हजार ६ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ दुई लाख २८ हजार ५४ जनाको मृत्यु भएको छ । 
 
युरोपमा २९ लाख ७८ हजार ६ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख ५ हजार २०० को मृत्यु भएको छ । 
 
एसियामा ४७ लाख ६६ हजार ४३४ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १ लाख ५ हजार २२१ जनाको मृत्यु भएको छ ।
 
अफ्रिकामा ९ लाख ९८ हजार ९९५ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २१ हजार ७०० जनाको मृत्यु भएको छ ।  
 
ओसियानामा २१ हजार ७३५ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २८१ जनाको मृत्यु भएको छ । एजेन्सीको सहयोगमा ।