मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

लेबनानको बेरुतमा भयानक विष्फोट, कम्तीमा ७० जनाको मृत्यु

लेबनानको बेरुतमा भयानक विष्फोट, कम्तीमा ७० जनाको मृत्यु


काठमाडौँ । लेबनानको राजधानी बेरुतमा विष्फोटक पदार्थ राखिएको गोदाम घरमा ठूलो विष्फोट भएको छ ।  विस्फोटनमा कम्तीमा ७० जनाले ज्यान गुमाएको र चार हजार भन्दा बढी घाइते भएको त्यहाँका स्वास्थ्यमन्त्रीले जनाएका छन्।
 
लेबनानबाट अनलाइनमा राखिएका भिडिओमा धूवाँको विशाल मुस्लो र धेरै क्षति भएको देखिन्छ । अधिकारीहरूले एउटा गोदाममा ६ वर्षदेखि राखिएको विस्फोटक पदार्थका कारण उक्त घटना घटेको बताइरहेका छन्।
 
राष्ट्रपति मिसेल आउनले आफ्नो ट्वीटमा २७ सय ५० टन अमोनियम नाइट्रेट असुरक्षित रूपमा राखिनु “अस्वीकार्य“रहेको बताएका छन्। विस्फोटनको कारण पत्ता लगाउन अनुसन्धान जारी राखिएको जनाइएको छ।
 
विस्फोटका कारण कैयौँ भवनहरू ध्वस्त भएका छन्। प्रधानमन्त्री हासान डियाबले उक्त घटनालाई विपत्तिको संज्ञा दिँदै दोषीहरूलाई जवाफदेही बनाइनुपर्ने बताएका छन्।
 
उनले “खतरनाक गोदाम“ बारे चर्चा गरेका छन् जुन सन् २०१४ देखि त्यहाँ रहेको बताइएको छ। विस्फोटको आवाज २४० किलोमिटर परसम्म सुनियो स्थानीय सञ्चार माध्यमहरूले बताएका छन् । मानिसहरू भग्नावशेषमा च्यापिएकोसमेत सञ्चारमाध्यमले देखाइरहेका छन्।
 
सन् २००५ मा भएको पूर्व प्रधानमन्त्री रफिक हरिरीको हत्याको मुद्दामा फैसला आउनु केही समयअगाडि उक्त ठूलो विस्फोटन भएको हो।
 
राष्ट्रसंघीय न्यायाधीकरणले हरिरीको कार बम हमलामा भएको हत्याको घटनाका चार संदिग्धको सुनुवाइपश्चात् फैसला सुनाउन लागेको थियो। ती चारै व्यक्ति इरान समर्थित हेज्बोल्लाह समूहका सदस्य थिए । सो समूहले उक्त हत्यामा आफू जिम्मेवार नभएको बताउँदै आएको छ।
 
घटनाबारे ब्रिटेन र फ्रान्ससहित विभिन्न देशहरूले प्रतिक्रिया जनाएका छन्। उनीहरूले लेबननलाई आवश्यक सहयोग गर्ने बताएका छन्। त्यसअघि लेबननका प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय सहयोगको आह्वान गरेका थिए। पछिल्लो समय लेबननमा राजनीतिक अस्थिरता देखिएको छ।
 
सन् १९७५ देखि ११९० सम्म चलेको गृहयुद्धपछिको सबैभन्दा खराब आर्थिक संकट व्यवस्थापनमा सरकारी भूमिकाविरुद्ध त्यहाँ प्रदर्शन भइरहेको थियो।
 
त्यसबाहेक लेबनन र इजरेलबीच पनि तनाव देखिएको छ। गत हप्ता इजरेलको सेनाले लेबननसँगको सीमामा हेज्बोल्लाहले गरेको आक्रमण विफल पारिदिएको जनाएको थियो। इजरेल प्रवेश गर्न खोजेको लडाकुहरूको समूहमाथि आफूहरूले पहिले आक्रमण गरेको उसले बताएको थियो। एजेन्सीको सहयोगमा