मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

दक्षिण कोरियामा कोरोनाका सङ्क्रमित बढे

दक्षिण कोरियामा कोरोनाका सङ्क्रमित बढे


सिओल । दक्षिण कोरियामा कोरोना ९कोभिड–१९० का संक्रमित पछिल्लो समयमा बढेको देखिएको छ । यहाँ सङ्क्रमित हुनेहरुको संख्या पछिल्लो २४ घन्टामा ३४ जना थपिएको जनाइएको छ ।
 
योसँगै यहाँ मङ्ंगलबारसम्म कोरोनाका सङ्क्रमितहरुको संख्या १४ हजार नाघेको बताइएको छ । थप ३४ जना भेटिएसँगै यहाँको संख्या १४ हजार ४२३ पुगेको बताइएको हो । यहाँ सोमबार मध्यरातिसम्ममा करिब २४ घन्टामा सङ्क्रमितहरु ३४ जना थपिएका दक्षिण कोरियाको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो । 
 
 यहाँ पछिल्लो हप्ता हरेक दिन कम्तिमा पनि ५० जना सङ्क्रमित थपिएका बताइएको थियो ।  यसरी यहाँ थपिएका सङ्क्रमितहरुमध्ये अधिकांश विदेशबाट आएका व्यक्तिमा पाइएको पनि सो समाचारमा जनाइएको छ । सोमबार थपिएका ३४मध्ये २१ जना विदेशबाट आएका व्यक्तिहरु परेका पनि बताइएको छ । 
 
हाँ यस सङ्क्रमणबाट ज्यान जानेको संख्या ३०१ जना पुगेको बताइएको छ । यहाँका सङक्रमितहरु बढीजसो चर्चमा गएका व्यक्तिहरु भएको बताइएको छ । सरकारले पछिल्लो समयमा कोरोना सङ्क्रमितहरुको उपचार र नियन्त्रणमा निकै कडाइ गरेको बताइएको छ । दक्षिण कोरिया कोरोनाको नियन्त्रणमा प्रभावकारी देशका रुपमा रहेको बताइएको छ । सिन्ह्वा