'किन किन तिम्रो माया आकाश आकाश जस्तो लाग्यो
डुबी हेर्दा झनै माया सागर सागर जस्तो लाग्यो'
बिटु केसीको शब्द , अनिल शाहीको संगीत र जीना रसाइलीको स्वरमा " आधा मन " एल्बमबाट यो गीत सार्वजनिक भएको छ ।
यूट्यूब मार्फत सार्वजनिक गरिएको यो मिठो भिडियो गीत तपाईंहरुलाई पक्कै पनि मन पर्ने छ । यसअघि गीतकार बिटु केसीका पाँच गीतहरु सार्वजनिक भइसकेका छन् ।
प्रतिक्रिया