मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकामा शनिबारबाट टिकटकमा रोक लाग्दै

अमेरिकामा शनिबारबाट टिकटकमा रोक लाग्दै


वासिङ्टन डिसी (अमेरिका) । सम्भवत शनिबार बिहानीसँगै संयुक्त राज्य अमेरिकामा टिकटक एप्समा प्रतिबन्ध लाग्नेछ ।

राष्ट्रपति डोनाल्ड जे ट्रम्पले आफ्नो विशेष अधिकारको प्रयोग गर्दै चिनिया स्वामित्वको टिकटक माथि प्रतिबन्ध लगाउने बताएका हुन् । 

दक्षिणी राज्य फ्लोरिडा भ्रमणका क्रममा राष्ट्रपतिको विमान ‘एअरफोर्स वान’ मा पत्रकारहरुसँग कुरा गर्दैै अमेरिकामा टिकटक बन्देज लगाउने बताएका हुन्। 
 
टिकटकलाई अमेरिकी कम्पनी माइक्रोसफ्टले किन्ने चर्चा चलिरहेकै बेला राष्ट्रपतिको यो घोषणाले यसको प्रयोग गरिरहेका अमेरिकी प्रयोगकर्ताहरुले शनिबारबाट यो एप्स चलाउन पाउनेछैनन् । 
 
विशेषगरी म्युजिकप्रेमीहरुबीच टिकटक लोकप्रिय थियो । चीनमा अमेरिकी एप्स फेसबुक, गुगलजस्ता एप्सहरु प्रतिबन्धित छन् ।