मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या छ लाख ७९ हजार नाघ्यो

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या छ लाख ७९ हजार नाघ्यो


जेनेभा । विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण छ लाख ७९ हजार २५१ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले शुक्रबार जानकारी दिएको छ ।
 
सो सङ्गठनका अनुसार शुक्रबारसम्म विश्वभरीमा एक करोड ७६ लाख ८ हजार २५२ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।
 
सङ्क्रमितमध्ये हालसम्म एक करोड १० लाख १४ हजार १६५ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५९ लाख १४ हजार ८३६ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६६ हजार २७७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 
 
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । 
 
डब्लूएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४६ लाख ५७ हजार १२९ जना कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ५५ हजार ७५७ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ । 
 
दक्षिण अमेरिकामा ४० लाख ३९ हजार ९१५ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ एक लाख ४१ हजार ९३१ जनाको मृत्यु भएको छ । 
 
उत्तर अमेरिकामा ५४ लाख ६४ हजार २४१ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ दुई लाख १७ हजार ४८६ जनाको मृत्यु भएको छ । 
 
युरोपमा २८ लाख ६९ हजार ४०२ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख ३ हजार २९३ को मृत्यु भएको छ । 
 
एसियामा ४२ लाख ८४ हजार ५३४ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ९६ हजार ६२२ जनाको मृत्यु भएको छ ।
 
अफ्रिकामा नौ लाख १५ हजार १६७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १९ हजार ३९८ जनाको मृत्यु भएको छ ।  
 
ओसियानामा १८ हजार ६४८ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २२२ जनाको मृत्यु भएको छ । एएफपी