मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भारतमा कोरोना संक्रमितको संख्या १६ लाख ९० हजार नाघ्यो

भारतमा कोरोना संक्रमितको संख्या १६ लाख ९० हजार नाघ्यो


नयाँ दिल्ली । भारतमा ‘कोभिड १९’ सङ्क्रमितको संख्या १६ लाख ९० हजार नाघेको शुक्रबार जनाइएको छ । गत २४ घन्टामा भारतका ५५ हजार ७९ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या १६ लाख ९० हजार ५४६ पुगेको त्यहाको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । 
 
भारतमा गत २४ घन्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण ७७९ जनाको मृत्यु भएपछि कुल मृतकको संख्या ३६ हजार ४९७ जना पुगेको छ ।
 
सरकारी अधिकारीका भारतमा कोरोना भाइरस सङ्क्रमितमध्ये १० लाख ९१ हजार १८ व्यक्ति निको भएर फर्किएका छन् । हाल भारतमा पाँच लाख ८३ हजार ३१ जना कोरोना भाइरस सङ्क्रमित अवस्थामा रहेका छन् ।
  
भारतको महाराष्ट्र सबभन्दा प्रभावित बढी कोरोना भाइरस सङ्क्रमण राज्यका रुपमा रहेको छ । हाल महाराष्ट्रमा एक लाख ४८ हजार ४५४ जना सङ्क्रमित अवस्थामा नै रुहेका छन् भने १४ हजार ७२९ व्यक्तिको मृत्यु भइसकेको छ । 
 
कोरोना भाइरस प्रभावित भारतको दोस्रो राज्य तमिलनाडूमा ५७ हजार ९६२ सङ्क्रमित अवस्थामा रहेका छन् भने ३ हजार ८३८ जनाको मृत्यु भएको छ । 
 
राजधानी सहरसमेत रहेको दिल्ली राज्यमा दश हजार ७४३ जना सङ्क्रमित अवस्थामा रहेका र ३  हजार र ९३६ जनाको मृत्यु भइसेकेको छ । एएनआई