मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकामा गत हप्ता १४ लाखले मागे बेरोजगार भत्ता

अमेरिकामा गत हप्ता १४ लाखले मागे बेरोजगार भत्ता


वासिङ्टन । अमेरिकामा पछिल्लो हप्ता बेरोजगार भत्ता माग्नेहरुको संख्या १४ लाख पुगेको छ । 
 
कोरोनाभाइरसका कारण रोजगारी गुमाएकाहरुले अमेरिकामा सरकारसँग बेरोजगार भत्ता माग्ने गरेका छन् । बेरोजगार भत्ता माग्नेहरुको सङ्ख्या हरेक हप्ता लाखौँ हुने गरेको अधिकारीहरुले जनाएका छन् । 
 
रोजगारी खोसिएकाले बेरोजगार भत्ता दावी गर्नेहरुको सङ्ख्या थपिदै गएको तथ्याङ्कमा देखिएको छ । कोरोनाभाइरसको सङ्क्रमण कतिपय ठाउँमा थप फैलिन थालेपछि केही राज्यहरुले व्यापार व्यवसाय पुनः शुरु गर्ने योजनालाई स्थगित गरेका छन् । 

वेरोजगारीको सङ्ख्या अमेरिकी इतिहासमा आर्थिक मन्दीका समयमा पनि प्रतिहप्ता सात लाखभन्दा बढी नपुगेको तर कोभिड–१९ को कारण अमेरिका सबैभन्दा बढी प्रभावित बनेको र यसको व्यापक विश्वव्यापी असर परेका कारण हालैका केही महिनाहरूमा उच्च रहने गरेको अधिकारीले बताएका छन् । 

 
लाखौँ उपभोक्ता पहिला झै फेरि यात्रा, किनमेल र कामका लागि पुरानै अवस्थामा फर्किन डराइरहेको पाइएको छ । त्यसैले पनि रोजगारी गुमेकाहरुले बेरोजगार भत्ता माग्नु परेको अधिकारीहरुको भनाइ छ । 
 
अमेरिकाको श्रम मन्त्रालयले एकै हप्तामा लाखौँ मानिसले बेरोजगारी भत्ता माग्नुले अर्थतन्त्रमा नकारात्मक असर पर्ने सङ्केत गरेको जनाएको छ ।  
 
अमेरिकामा अहिलेसम्म बेरोजगार भत्ता माग्नेहरुको सङ्ख्या एक करोड ७० लाखभन्दा बढी पुगेको पनि मन्त्रालयले जानकारी दिएको छ । एपी