मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

ब्राजिलमा कोभिड-१९ बाट ९० हजार २१२ को मृत्यु

ब्राजिलमा कोभिड-१९ बाट ९० हजार २१२ को मृत्यु


रियो दी जेनेरियो । विश्वव्यापी महामारी कोरोना भाइरसको प्रभाव ब्राजिलमा पछिल्लो समयमा निकै देखिएको बताइएको छ । ब्राजिलमा २४ घन्टायता मात्र ७० हजार ८६९ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ । गएको २४ घन्टामा यहाँ १५९५ जनाको कोरोना भाइरसका कारण निधन भएको छ । 
 
योसँगै ब्राजिलमा अब कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९० हजार नाघेको छ । ब्राजिलमा योसँगै सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ९० हजार २१२ पुगेको बिहीबार प्राप्त भएको समाचारमा स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । 
 
सङ्क्रमितको संख्या २५ लाख ५६ हजार २०७ पुगेको पनि ब्राजिलका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । बिहीबार दिएको जानकारीअनुसार यहाँका ९० हजारभन्दा बढीले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।
 
ब्राजिलमा अमेरिकापछि सबैभन्दा बढी कोरोना प्रभावित देश हो । यहाँ अझै ठूलो संख्यामा नागरिक सङ्क्रमित भएको आशंका गरिएको छ । तर, पनि परीक्षणको संख्या बढाउनुपर्ने उनीहरुको भनाइ छ ।
 
कतिपयले ब्राजिलका राष्ट्रपति जैर बोल्सेनारोले कोरोनाको सङ्क्रमणलाई गम्भीरताका साथ नलिएका कारण यस्तो अवस्था आएको बताएकमा छन् । यहाँ सुरुआतमा लकडाउन गरिएको थिएन । ब्राजिलका राष्ट्रपति जैर बोल्सेनारोले लकडाउनको विरोध गर्नेहरुलाई समर्थन गरिरहेको आरोप लगाइएको थियो ।  
 
यसै कारणले पनि यहाँ ठूलो संख्यामा सङ्क्रमण फैलिएको बताउने गरिएको छ । हाल ब्राजिलमा दैनिक ७० हजार भन्दा बढी मानिस सङ्क्रमित हुने गरेका छन् । एएफपी