मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भारतमा कोभिड १९ संक्रमितको संख्या १६ लाख १६ हजार नाघ्यो

भारतमा कोभिड १९ संक्रमितको संख्या १६ लाख १६ हजार नाघ्यो


नयाँ दिल्ली । भारतमा ‘कोभिड १९’ सङ्क्रमितको संख्या १६ लाख १६ हजार नाघेको छ । गत २४ घन्टामा भारतका ५२ हजार १२३ मा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या १६ लाख १६ हजार ७६७ पुगेको त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ । 
 
भारतमा गत २४ घन्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण ७७९ जनाको मृत्यु भएपछि कुल मृतकको संख्या ३५ हजार ३७४ जना पुगेको छ । सरकारी अधिकारीहरुका अनुसार भारतमा कोरोना भाइरस सङ्क्रमितमध्ये १० लाख २९ हजार ६९ व्यक्ति निको भएर फर्किएका छन् । हाल भारतमा ५ लाख ५२ हजार ३३४ जना कोरोना भाइरस सङ्क्रमित अवस्थामा रहेका छन् ।  
 
भारतको महाराष्ट्र सबभन्दा प्रभावित बढी कोरोना भाइरस सङ्क्रमण राज्यको रुपमा रहेको छ । महाराष्ट्रमा एकै दिनमा नौ हजार २११ व्यक्ति थप सङ्क्रमित भएका छन् भने एकै दिनमा २९८ जनाको मृत्यु भएको छ । 
 
महाराष्टमा कुल चार लाख ६५१ जना सङ्क्रमित अवस्थामा रहेका छन् भने दुई लाख ७५५ जना निको भएर घर फर्किएका छन् । हाल महाराष्ट्रमा एक लाख ४६ हजार १२९ जना सङ्क्रमित अवस्थामा नै रुहेका छन् भने । कोरोना सङ्क्रमणको कारण हालसम्म १४ हजार ४६३ व्यक्तिको मृत्यु भइसकेको छ । 
 
कोरोना भाइरस प्रभावित भारतको दोस्रो राज्य तमिलनाडूमा दुई लाख ३४ हजार ११४ जनामा सङ्क्रमण भएको छ र राजधानी शहरसमेत रहेको दिल्ली राज्यमा एक लाख ३२ हजार २७५ जना सङ्क्रमण भएको छ । एएनआई