मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालमा थपिए २७४ संक्रमित, थप तीनसहित ५२ जनाको मृत्यु

नेपालमा थपिए २७४ संक्रमित, थप तीनसहित ५२ जनाको मृत्यु


काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप २७४ जनामा कोरोना पुष्टि भएको छ । देशभरका २९ वटा प्रयोगशालामा गरिएको ६३०४ जनाको पिसिआर परीक्षणका क्रममा २७४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
 
बिहीबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार यससँगै कोरोना संक्रमितको संख्या १९ हजार ५४७ पुगेको छ । जसमा ५२२७ जना संक्रमित उपचाररत छन् ।
 
मन्त्रालयका अनुसार रौतहट र कैलालीमा ५०० भन्दा बढी संक्रमित छन् । भोजपुर, पाँचथर, सङ्खुवासभा, रसुवा, मनाङ र मुस्ताङ गरी छ जिल्लामा संक्रमितको संख्या शून्य छ । 
 
नेपालमा हालसम्म कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।
 
बिहीबार काठमाडौँ उपत्यकामा थप ४५ जनामा कोरोना पुष्टि भएको छ । यससँगै उपत्याभित्र कोरोना संक्रमित हुनेको संख्या ५०९ पुगेको छ । 
 
प्रवक्ता डा गौतमका अनुसार हालसम्म ३ लाख ६४ हजार ६४८ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ ।
 
उनका अनुसार हाल १३ हजार १०२ जना देशभरका क्वारेन्टाइनमा र ५२२७ जना आइसोलेसनमा रहेका छन् ।
 
त्यस्तै बिहीबार एकै दिन कोरोना संक्रमण निको भई २२७ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार २४८ पुगेको छ । जुन कुल संक्रमितको ७३.०८ प्रतिशत हो ।