मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कोरोनाको खोप बाँदरमा परीक्षण, सकारात्मक नतिजा प्राप्त

कोरोनाको खोप बाँदरमा परीक्षण, सकारात्मक नतिजा प्राप्त


वासिङ्टन । अमेरिकी बायोटेक कम्पनी मोडर्नाले तयार पारेको कोभिड–१९ को खोप बाँदरमा परीक्षण गर्दा निकै सकारात्मक नतिजा प्राप्त भएको अध्ययनले देखाएको छ । 
 
खोप लगाइएका बाँदरका नाक र फोक्सोमा कोरोना भाइरसका विषाणु थप वृद्धि नभएको न्यू इङल्यान्ड मेडिसिन जर्नलमा प्रकाशित अध्ययनमा उल्लेख छ । 
 
खोपका कारण नाकमा कोरोना भाइरस बढ्न रोकिनुको अर्थ नाक हुँदै शरीरका भित्री भागमा कोरोना भाइरस संक्रमित हुनेक्रम रोकिने अध्ययनको निचोड छ । 
 
अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको खोप बाँदरमा परीक्षण गर्दा यस्तो नतिजा प्राप्त भएको थिएन । तर, खोपले पशुको फोक्सोमा कोरोना भाइरस प्रवेश गर्नबाट भने रोक्न सफलता प्राप्त भएको थियो । कोरोना भाइरस फोक्सोमा पुगे त्यसले मानव स्वास्थ्यमा गम्भीर क्षति पु¥याउन सक्छ ।
 
मोडर्नाले पशुमा गरेको यस परीक्षणमा दुई समूहमा बाँदरहरुलाई विभक्त गरी दुई भिन्न किसिमका खोपको डोज दिइएको थियो । पहिलो समूहका बाँदरलाई १० माइक्रोग्राम र दोस्रो समूहका बाँदरलाई १०० माइक्रोग्रामका डोज दिइएको जर्नलमा उल्लेख छ ।
 
खोप लगाइएका सबै बाँदरमा नयाँ कोरोना भाइरसलाई निस्तेज बनाउने एन्टीबडी तयार भएको थियो । 
 
उल्लेखनीय कुरा के भने दुवै समूहका बाँदरमा मानवमा भन्दा बढी एन्टीबडी तयार भएको थियो । यही समूहका खोप लगाएका मानिसको पनि कोरोना संक्रमण निको भएको थियो ।
 
वैज्ञानिकहरु हाल विकासक्रममा रहेका खोपकै कारण रोग अरु बढ्न सक्ने भन्दै चिन्तित पनि देखिएका छन् । तर, हालसम्मका परीक्षणमा त्यस्तो परिस्थिति निर्माण भएको छैन ।
 
मोडर्नाले तयार पारेको खोप र अक्सफोर्ड विश्वविद्यालय एवं अस्ट्रजेनिकाले संयुक्तरुपमा विकास गरेका खोपहरु अहिले मानव परीक्षणको अन्तिम चरणमा प्रवेश गरेको बताइएको छ । एएफपी