मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या छ लाख ६५ हजार नाघ्यो

विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या छ लाख ६५ हजार नाघ्यो


जेनेभा । विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण ६ लाख ६५ हजार ५७१ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बुधबार जानकारी दिएको छ ।
 
सो संगठनका अनुसार बुधबारसम्म विश्वभर एक करोड ६९ लाख ९८ हजार ४८७ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।
 
सङ्क्रमितमध्ये हालसम्म एक करोड ५ लाख २८ हजार ७९३ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५८ लाख ४ हजार १२३ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । 

सङ्क्रमितमध्ये ६६ हजार ५१४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 
 
चीनको हुवेई प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । 
 
डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४५ लाख १६ हजार ४५३ जना कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ५२ हजार ७३८ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ । 
 
अमेरिकामा कोरोना भाइरस सङ्क्रमणका कारण एकै दिनमा एक हजार ५९२ जनाको मृत्यु भएको जोन्स हप्किन्स् विश्वविद्यायले जानकारी दिएको छ । 
 
गत २४ घन्टामा कोरोना भाइरसका कारण भएको यो मानवीय क्षति गएको साढे दुई महिना यताको नै सबैभन्दा बढी भएको जनाइएको छ । 
 
दक्षिण अमेरिकामा ३८ लाख ५६ हजार ७४४ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ एक लाख ३७ हजार ३६१ जनाको मृत्यु भएको छ । 
 
उत्तर अमेरिकामा ५२ लाख ९८ हजार ६६४ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ दुई लाख १३ हजार १७ जनाको मृत्यु भएको छ । 
 
युरोपमा २८ लाख २७ हजार ८८५ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख दुई हजार ४५५ को मृत्यु भएको छ । 
 
एसियामा ४१ लाख १७ हजार ६७२ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ९३ हजार ९४३ जनाको मृत्यु भएको छ ।
 
अफ्रिकामा आठ लाख ७८ हजार ४८८ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १८ हजार ५८१ जनाको मृत्यु भएको छ ।  
 
ओसियानामा १७ हजार ३१३ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १९९ जनाको मृत्यु भएको छ । एएफपी