मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालमा ३११ सहित १८ हजार ८८३ जनामा कोरोना संक्रमण, थप एकसहित ४९ जनाको मृत्यु

नेपालमा ३११ सहित १८ हजार ८८३ जनामा कोरोना संक्रमण, थप एकसहित ४९ जनाको मृत्यु


काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ३११ जनामा कोरोना पुष्टि भएको छ । देशभरका २८ वटा प्रयोगशालामा गरिएको ५०३२ पिसिआर परीक्षणका क्रममा ३११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
 
मंगलबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार यससँगै कोरोना संक्रमितको संख्या १८ हजार ८८३ पुगेको छ । जसमा ५१३९ जना संक्रमित उपचाररत छन् ।
 
मन्त्रालयका अनुसार रौतहट र कैलालीमा ५०० भन्दा बढी संक्रमित छन् । भोजपुर, पाँचथर, सङ्खुवासभा, रसुवा, मनाङ र मुस्ताङ गरी छ जिल्लामा संक्रमितको संख्या शून्य छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।
प्रवक्ता डा गौतमका अनुसार हालसम्म ३ लाख ५२ हजार ३०७ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ ।
 
उनका अनुसार हाल १५ हजार ३३१ जना देशभरका क्वारेन्टाइनमा र ५१३९ जना आइसोलेसनमा रहेका छन् ।
 
त्यस्तै मंगलबार एकै दिन कोरोना संक्रमण निको भई १२१ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १३ हजार ८७५ पुगेको छ । जुन कुल संक्रमितको ७५।५ प्रतिशत हो । हालसम्म काठमाडौँ उपत्यकाभित्र ४०१ जनामा कोरोना संक्रमण देखिएका मन्त्रालयले जनाएको छ ।