मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

डेढसय नेपाली डाक्टरलाई अमेरिकाद्वारा एमडी छात्रवृत्ति

डेढसय नेपाली डाक्टरलाई अमेरिकाद्वारा एमडी छात्रवृत्ति


हिमालयखबर  संवाददाता-
न्यूयोर्क (अमेरिका) ।  यो वर्ष अमेरिकामा चिकित्साशास्त्रको उच्च अध्ययन (एमडी) का लागि करिब डेढसय नेपाली चिकित्सकहरुले छात्रवृत्ति प्राप्त गरेका छन् ।
 
गत साता एकै फ्लाइटबाट ४० जना नेपाली चिकित्सकहरु एमडीका लागि अमेरिकामा बिभिन्न राज्यका मेडिकल कलेज आइपुगेका छन् । यी मध्य सबैभन्दा बढी १३ जना न्यूयोर्कस्थित इन्टरफेथ मेडिकल इन्स्टिच्युटमा आएका छन् । 
 
उनीहरु नेपालको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, पोखरा मणिपाल कलेज, धरानस्थित विपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान, चितवनस्थित भरतपुर मेडिकल कलेज लगायतका शिक्षण संस्थाबाट एमबिबिएस पुरा गरेका हुन् । अमेरिकी सरकारको पूर्ण छात्रवृत्तिमा एमडी अध्ययनका लागि आएका झण्डै डेढसय डाक्टरहरु मध्य अधिकांश एचवानबी भिसा भिसामा छन् । 
 
केही भने जेवान भिसामा पनि छन् । जेवान भिसामा आएकाहरु भने एमडी पुरा गरेपछि नेपाल फर्किनुपर्छ । एचवानबी र जेवान भीसामा अाउनेको संख्या लगभग अाधा अाधा छन् । 
 
एचवानबी भिसामा आएकाहरुले भने एमडीको अध्ययनपछि यतैका अस्पतालमा रोजगारी पाउनसक्छन् । उनीहरूले यतै रोजगारी पाएमा नेपाल फर्किन वाध्यतात्मक हुँदैन । 
 
एमडी अध्ययनका लागि तीन वर्ष समय लाग्छ । अमेरिकाले वर्षेनी एकसय भन्दा बढी नेपाली डाक्टरहरुलाई छात्रवृत्तिमा एमडी अध्ययनको सुविधा दिँदै आएको छ । एकजना डाक्टरको लागि वर्षको झण्डै डेढलाख डलर खर्च लाग्छ । 
 
यसवर्ष एमडीका लागि आएका नेपाली चिकित्सकहरु न्यूयोर्क, पेन्सलभेनिया, टेक्सस, इलोनोइस लगायतका राज्यहरुमा धेरै छन् । 
 
नेपालमा बिभिन्न मेडिकल कलेजहरुबाट वर्षमा झण्डै एकहजार आठसय विद्यार्थीले एमबिबिएसको अध्ययन पुरा गर्छन । 
 
कोराना भाइरसको सन्त्राशबाट अमेरिकी जनजीवन सामान्यीकरण हुँदै जाँदा केही समय अघिनै आइपुग्नुपर्ने एमडीका विद्यार्थीहरु अहिले धमाधम आइरहेका छन् । काठमाडौंस्थित अमेरिकी दूतावासको भिसा शाखाले एमडीका विद्यार्थीहरुलाई प्राथमिकतामा राखेर भिसा जारी गरेपछि उनीहरु अघिल्लो विगत दुई साता यताका चार्टर्ड उडानबाट अमेरिका आइपुगेका हुन् । 
 
अमेरिकामा एमडी अध्ययनका लागि नेपालबाटै पनि परिक्षा दिन सकिन्छ । तीनवटा परिक्षामध्य दुईवटा नेपालबाट दिन पाएपनि एउटाको लागि भने अमेरिकानै आउनुपर्छ । त्यसका लागि झण्डै डेढ वर्षसम्मको अवधि लाग्छ ।