मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

टेक्ससको तालमा डुबेर नेपाली विद्यार्थीको निधन

टेक्ससको तालमा डुबेर नेपाली विद्यार्थीको निधन


हिमालयखवर सम्बाददाता 

ड्यालस (टेक्सस) – उत्तरी टेक्ससको लुइजभील तालमा डुबेर आइतबार दिउँसो एक नेपाली युवतीको निधन भएको छ ।

डुबेर निधन हुनेमा काठमाडौं ठमेलकी २३ वर्षिय अस्मिता खनाल रहेको जनाइएको छ । साथीहरुका साथ तालमा बोटिङ गरिरहेको अवस्थामा उनी एक्कासी चिप्लिएर बोटबाट खसेकी थिइन् । लाइफ ज्याकेट फुकालेको बेला परेकाे र पौडी खेल्न पनि नजानेका कारण उनी तालमा डुबेको सँगै गएका साथीहरू मध्यका एकले बताए । 
'हामीले पनि पनि पाैडिएर उनलाइ बचाउन खोज्याै । तर सकिएन' उनले भने । 
 
खनाल डेन्टनमा रहेको युनिभर्सिटी अफ नर्थ टेक्ससमा कम्प्युटर साइन्स  लिएर अध्ययनरत थिइन् । काठमाडाैमा रहेका उनका परिवारलाइ खबर गरिसकिएको पनि उनका साथीहरूले जानकारी दिए । 
 
अपरान्ह ३ बजे घटना भएपछि डेन्टन काउन्टीबाट परिचालित गोताखोरहरुले उनको शव खोजतलास थालेका थिए । 
 
उनीसँगै बस्ने, सँगै पढ्ने साथीहरु जम्मा भएर भाडामा डुंगा लिएर चलाएका थिए । हाल उनको शव ट्यारेन्ट काउन्टी अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ । 
 
हरेक समर (गर्मी) याममा नेपाली विद्यार्थीहरु टेक्ससका बिभिन्न तालमा डुब्ने र निधनका घटना हुँदै अाएका छन् । 
 
आइतबारको घटनामा निधन भएकी अस्मिताले गर्मी भयो भनेर लाइफ ज्याकेट फुकालेको र सँगै रहेका अन्य सातजना पनि पौडिन नजान्ने कारणले गर्दा तालमा खसेपछि उनको तत्काल उद्धार हुन नसकेको बताइएको छ । 
 
सद्गत लगायत प्रकृयाका लागि उनका साथीहरुले गोफण्ड खोलेर सहयोग संकलन थालेका छन् ।