मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

थप १०० सहित संक्रमितको संख्या १८ हजार नाघ्यो, दुई जनाको मृत्यु

थप १०० सहित संक्रमितको संख्या १८ हजार नाघ्यो, दुई जनाको मृत्यु


काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप १०० जनामा कोरोना पुष्टि भएको छ । देशभरका २८ वटा प्रयोगशालामा गरिएको ३७७९ जनाको पिसिआर परीक्षणका क्रममा १०० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  
 
बुधबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसाार यससँगै कोरोना संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ । जसमा ५३६८ जना संक्रमित उपचाररत छन् । 
 
मन्त्रालयका अनुसार सबैभन्दा धेरै सप्तरीमा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै दैलेखका १६, डोटी र लमजुङका ७ जना, कालीकोट र पर्साका ६र६ जना, धनुषाका ५ र सुनसरीका चार जनामा संक्रमण पुष्टि भएको छ ।
 
काठमाडौँ, मोरङ, ताप्लेजुङ, बारा, सर्लाही, स्याङ्जा, बाग्लुङ, बाँकेका ३र३ जना, बर्दिया र सल्यानका २र२ जना तथा चितवन र बझाङका १र१ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 
 
मन्त्रालयका अनुसार महोत्तरी, रौतहट, कैलाली र बाजुरामा ५०० भन्दा बढी संक्रमित छन् । भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र जुम्ला गरी आठ जिल्लामा संक्रमितको संख्या शून्य छ । 
 
गत चौबिसघन्टामा विभिन्न अस्पतालमा उपचार गराएकामध्ये एकै दिन २०७ जना कोरोनामुक्त भई घर फर्किएका छन् । हालसम्म कोरोनामुक्त भई घर फर्किनेको संख्या १२ हजार ६८४ पुगेको मन्त्रालयले जनाएको छ । जम्मा संक्रमितमध्ये ७०.१ प्रतिशत निको भएका प्रवक्ता गौतमले बताए ।  
 
नेपालमा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ । । 
 
प्रवक्ता गौतमका अनुसार त्रिवि शिक्षण अस्पतालमा ४६ वर्षीया चिनियाँ नागरिकको मृत्यु भएको छ । पोखरामा कार्यरत ४९ वर्षीया चिनियाँ नागरिकको स्वास्थ्यमा समस्या भएपछि मणिपाल अस्पताल, पोखरामा भर्ना भएकी थिइन् । उनको थप  उपचारका लागि साउन २ मा हेलिकोप्टरबाट ग्राण्डी अस्पताल ल्याइएको थियो ।
 
उनको परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएपछि त्रिवि शिक्षण अस्पताल रिफर गरिएको थियो । उपचारकै क्रममा उनको बुधबार बिहान मृत्यु भएको हो । 
 
यस्तै, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका क्रममा मृत्‍यु भएका महोत्तरीका ६० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । खोकी, उच्च ज्वरो र स्वासप्रश्वासमा समस्या भई साउन २ गते नै अस्पताल लगिएका उनको भेन्टिलेटरमा राखेर उपचार गरिएकोमा ६ गते मृत्यु भएको थियो ।
 
प्रवक्ता डा गौतमका अनुसार हालसम्म ३ लाख २७ हजार ६१४ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । । 
 
उनका अनुसार हाल २० हजार ८४२ जना क्वारेन्टाइनमा र ५३६८ जना आइसोलेसनमा रहेका छन् । हालसम्म काठमाडौँ उपत्यकाभित्र ३५९ कोरोना संक्रमित देखिएका मन्त्रालयले जनाएको छ ।