मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

बेलायतमा कोरोनाबाट भएको मृत्युको संख्याप्रति आशंका

बेलायतमा कोरोनाबाट भएको मृत्युको संख्याप्रति आशंका


लन्डन । बेलायतमा पछिल्लो समयमा कोरोना भाइरसका संक्रमितको मृत्युको विषयमा सार्वजनिक भएका तथ्यांकहरुको पुनरावलोकन गर्न माग गरिएको छ । यहाँका जनस्वास्थ्य सम्बन्धी केही गैरसरकारी संस्थाहरुले गरेको अनुसन्धानका क्रममा बेलायतमा कोरोना भाइरसबाट भएको मृत्युको संख्या नमिल्ने देखिएको छ । 
 
बेलायतमा ४५ हजार २७३ व्यक्तिको कोरोना भाइरसबाट निधन भएको छ । त्यस्तै अरु पनि कैयौँ व्यक्तिले कोरोनाको परीक्षण नगरी पनि ज्यान गुमाएका छन् । यसरी अस्पताल नै नआई कोरोनाका कारण ज्यान गुमाउन पुगेका व्यक्तिहरुको बारेमा भने तथ्यांक नराखिएको पनि हुनसक्ने हालै प्रकाशित एक अनुसन्धानमूलक लेखमा सार्वजनिक भएको पाइएको छ ।
 
अक्फोर्ड विश्वविद्यालयमा यस विषयका विज्ञहरुले जम्मा पारेको तथ्यांक र सरकारले बेलायतमा कोरोनाका कारण भएको मृत्युको तथ्यांक नमिल्ने जनाइएको समाचारमा उल्लेख गरिएको छ । 
 
त्यस अनुसन्धानमूलक लेखमा भनिएको छ कि कुनै पनि व्यक्ति स्वास्थ्य परीक्षण गराएपछि कोरोना भाइरसको संक्रमित हुन्छ र अस्पातमा या घरैमा उपचारमा बस्छ तर पछि ऊ निको भएर घर फर्किएपछि अरु कुनै कारणले उसको निधन भयो भने त्यसलाई पनि कोरोनाको निधनका रुपमा राख्ने गरिएको छ । 
 
कतिपय मानिस कोरोना निको भएर घर गएपछि हृदयाघात भएर या अरु नै कुनै कारणले निधन भयो भने पनि उसलाई कोरोनाको मृत्युका रुपमा गणना गर्ने गरिएको छ । यहाँका सरकारी निकायहरुले सार्वजनिक गर्ने गरेका कोरोनासँग सम्बन्धितको मृत्युको संख्या नमिलेको सो लेखमा बताइएको छ । 
 
त्यसैले यहाँका कारोना भाइरसको मृत्युको तथ्यांक नै पुनरावलोकन गर्नुपर्ने अवस्था रहेको दुई जना विज्ञद्वारा लेखिएको सो लेखमा उल्लेख गरिएको सो समाचारमा जनाइएको छ । एएफपी