विचार / ब्लग

ठूलो मिडियामा विज्ञापन घट्यो

690 पटक पढिएको

– विजय घिमिरे

कान्तिपुर मिडिया हाउसलाई बाहिर वाट हेर्दा | 18th Jul 2020, Saturday | २०७७ श्रावण ३, शनिबार ०८:३२
नेपाल पत्रकार महासंघका सभापति गोविन्द आचार्यले केही दिन अघि सेतोपाटी अनलाइनसँग भनेका छन्–ठुला पत्रिकाको पनि विज्ञापन घटेको छ । 
 
तर, उनले ठुलो पत्रिकामा विज्ञापन घटेकोमा कुनै चिन्ता देखाएनन् । अहिले पत्रकार महासंघले ठुला पत्रिकामा पत्रकार कर्मचारीलाई कामबाट ननिकाल भन्दै कालो ब्यानर टाँसेको छ । के कालो ब्यानर टाँस्दैमा मिडियामा काम गर्ने पत्रकार कर्मचारीको रोजगारी थामिन्छ ? थामिदैँन । थामिएको पनि छैन । अहिलेलाई केही दिन थामिएपनि सधै रहंदैन । पत्रकार महासंघले संचारकर्मीको हकहितमा कुरा उठाउँछ । तर, यो संस्था भित्र भने नेतृत्वमा जान भोटको राजनीति हुन्छ । व्यसायिक पत्रकारिताको विकास महासंघको उद्देश्य होइन । त्यहाँ भित्र आउन चाहने नेतृत्वले पहिले नेपाली कांग्रेस समर्थक प्रेस युनियन र वामपन्थी समर्थक प्रेस चौतारीको आधिकारिक उम्मेदवार हुनुपर्छ । अहिलेको स्थितिमा पत्रकार महासंघ जति बढी सकृय हुन्छ त्यत्ति वढी व्यवसायीक पत्रकारले रोजगार गुमाउँछन् ।
 
ठुलो मिडिया भन्ने वित्तिकै कान्तिपुर मिडिया हाउस (केएमजी) पहिलो नम्बरमा आउँछ ।  केएमजी पुर्ण रुपमा व्यवसायीक विज्ञापनबाट चलेको संस्था हो । त्यहाँ एनजिओ, विदेशी पैसा आउँदैन । निजी क्षेत्रका उद्योग व्यवसायको विज्ञापनकै कारणले कान्तिपुर व्यवसायिक भएको हो । विश्वका ठुला र स्वतन्त्र मिडिया पनि विज्ञापनवाटै चल्छन् ।
 
पत्रकार महासंघका सभापितले विज्ञापन पनि घटेको छ भन्ने स्विकार गरेपछि  लगानीकर्ता र मिडिया संकटमा परेको तथ्यपनि मान्नु पर्ने हुन्छ ।  त्यहाँ पत्रकार कर्मचारीको रोजगारी जोगाइराख्न कि त विज्ञापन बढ्नु पर्यो कि मिडिया हाउसले अहिलेको संकटमा सरकारवाट सहयोग पाउनु प¥यो । पत्रकार महासंघको नेतृत्वले अहिलेको संकटलाई हेरेर मिडियाका लागि सरकारसंग आर्थिक अनुदान मागेको भए त्यो सही हुन्थ्यो ।  कोरोना महामारीले मिडियाको व्यवसाय अस्तव्यस्त भएको अवधिको कर्मचारी पत्रकारको तलवको केही अंश सरकारले अनुदानको रुपमा दिने र यो अनुदान लिने संस्थाले कसैलाई जागिरवाट निकाल्न नपाउने । यसका लागि महासंघले पहल गर्दा के फरक पथ्र्यो ?
 
कोरोना भाइरस महामारी विज्ञापन घट्नु एउटा कारण हो । तर, कोराना अघिनै ठुला पत्रिकामा विज्ञापन घटेको थियो । खर्च बढ्ने तर, विज्ञापन कम हुने समस्यावाट ठूलो मिडिया प्रभावित हँुदै आएका थिए । नेपाली मिडियामा व्यवसायिकता भन्दा एनजीओको पैसा प्रभाव देखिन थालेवाट नै संकट शुरु भएको हो । विदेशी पैसामा चल्ने खोज पत्रकारिता केन्द्र (खोपके) संस्थाले झण्डै एक बर्ष अघि नेपाली मिडियालाई प्रभावमा पारेर विदेशमा खाता खोल्ने नेपाली भन्दै ठुलो समाचार छपाउन सफल भयो ।
 
यो समाचारमा सस्तो लोकप्रियताका लागि नेपालको निजी क्षेत्रवाट प्रश्न उठाईएको थियो । प्राय सबै नेपाली मिडियामा ब्यानरका रुपमा आएको यो समाचार केही दिन गफको विषय मात्र वन्यो । केही प्रभाव परेन । गफ त्यसै सेलाएर गयो । उक्त संस्था र त्यसलाई पैसा दिने विदेशीका लागि यो समाचार ल्याउनुको कुनै उद्देश्य होला । तर, यो समाचारले निजी क्षेत्रका उद्यमी व्यवसायी माथि न्याय भएको थिएन ।  निजी क्षेत्रका नेपाली मिडियाले यसबारेमा पनि संवेदनशील हुनुपथ्र्यो ।
 
विज्ञापन घट्यो ? तर, मिडिया साहुले त करोडौका गाडी चढेका छन नि भन्ने तर्क पनि मिडियाका साथिहरुले उठाउने गर्छन । करोडौ रुपैंया ऋणको भार लिने, सयौं कर्मचारीलाई रोजगार दिने, करोडौको हरहिसावको कारोवार गर्ने मिडिया संचालक गाडी नचढेर के साइकल चढेर हिड्ने ? अहिले केही कान्तिपुरका पुर्व पत्रकार आफ्नै गाडी चढेर हिड्छन् । यसमा एक करोड रुपैंया भन्दा बढीका गाडी चढ्नेपनि छन् । दरवार हत्याकाण्ड हुँदा डा.बाबुराम भट्टराईको हस्तलिखित लेख कान्तिपुरमा छाप्न दिन लिएर आउने पत्रकारपनि अहिले महंगै गाडी चढ्छन् ।
 
यथार्थ मिडिया जब वित्तीय रुपमा मजबुत हुन्छन् तबमात्र पत्रकार कर्मचारीको रोजगार बच्ने हो । कान्तिपुर जुन वेला वित्तीय रुपमा मबजुत थियो पत्रकार कर्मचारीको सुविधा पनि वढेको थियो । समस्या थिएन । जब खर्च बढी आम्दानी कम हुन थाल्यो समस्या छि¥यो ।
 
कान्तिपुर शुरु दुइ करोड लगानीमा स्थापना भएको थियो । केही बर्ष पछिको सफलताले कान्तिपुर अन्डरभ्यालुको कम्पनी वन्यो । झण्डै १५ बर्ष सँगै कान्तिपुर चलाएका साझेदारको शेयर किनबेच भयो त्यस पछि कान्तिपुर ओभरभ्यालुड कम्पनी बन्न पुग्यो । 
 
इकोनोमिक्स किताबमा अन्डरभ्यालु र ओभरभ्यालु दुवैका जोखिम पढ्न पाइन्छ । अहिले कान्तिपुर ओभरभ्यालुले नित्याएको समस्यामा रुमलिएको छ । जव व्यवसाय वढ्छ तव मात्र यो सन्तुलन हुन्छ ।
फेरी कान्तिपुरको इतिहासमा जाऔं ।
 
कान्तिपुर मिडिया हाउस आफुसँग राख्ने हो भने अर्का आधा साझेदारलाई करिव ८० करोड दिनुपर्ने थियो । कुनै पनि व्यवसायीले पैसा घरमा बाकसमा राख्दैन । व्यवसायी वा लगानीकर्ताको ध्यान नै पैसा छ, भने कहीं न कहीं लगानी गरौं भन्नेनै हुन्छ । यो सही हो होइन शेयरमा केही पैसा लगानी गरेर आफुैले अनुभव गर्दा पनि हुन्छ । शेयर बजार घट्दा पनि लगानी गर्न मन लाग्छ वढ्दा पनि यो नै व्यवसायीको विशेषता हो । 
 
कान्तिपुर मिडिया हाउसको समग्र मूल्यांकन १ अर्ब ५० करोड रुपैंया तोकिएको थियो । यसबाहेक अरु पनि लेनदेन हरहिसाव थिए । अहिले कान्तिपुरवाट वाहिर हुनेले पहिलो यो अफर पाएका थिए । उनले एक साता सम्म पैसा जुटाउने प्रयास गरे । तर, सकेनन । त्यसपछि आफ्नो भागको पैसा लिएर वाहिर जाने निर्णय गरे । यो सानो पैसा पनि थिएन ।
 
त्यही लेनदेनका क्रममा नेपाल इन्भेष्टमेण्ट बैंक जोडियो । छिटो समयमा ८० करोड रुपैंया ऋण दिने आँट नेपाल इन्भेष्टमेण्ट बैंकका तत्कालिन कार्यकारी पृथ्वीबहादुर पाण्डेले मात्र गर्न सक्थे । पाण्डे नेपालका सुपर बैंकर्स हुन  । उनको जोडा बैकर्स अहिलेसम्म नेपालमा अर्को छैन । फ्रान्सको क्रेडिट एग्रिकोलको शेयर किन्दा कान्तिपुरको समाचारका कारण पाण्डेलाई मद्दत पुगेको थियो । यस आधारमा मिडिया त्यसमा पनि कान्तिपुरको शक्ति पाण्डेले बुझेका थिए । उनले ढिलो नगरी कान्तिपुरका प्रकाशकलाई ऋण दिन तयार भए । कान्तिपुर लिने प्रकाशकले पनि कयौं कागजातमा ल्याप्चे लगाएपछि नेपालको ठूलो मिडिया आफ्नो हातमा पारे । यही ऋणले कान्तिपुरको शेयर किनवेच सहज भयो ।
 
पैसा लिएर जाने प्रकाशकले आफुले पाएको पैसा मध्ये केही जग्गामा लगाए । कान्तिपुर मै रहेका प्रकाशकले पनि करोडौ रुपैंया जग्गामा लगाए ।
 
कान्तिपुरका संस्थापक प्रकाशक मध्ये एक श्याम गोयन्का नयाँनयाँ क्षेत्रमा लगानी गर्न नडराउने प्रवृत्तिका लगानीकर्ता थिए । भारतको इन्डियन एक्सप्रेस समुहसँग केही साइनो पनि पर्ने गोयन्का दक्षिण एशियाकै लागि अंग्रेजीमा पत्रिका निकाल्ने योजना अनुसार नेपालमा आएका थिए । पहिलो कान्तिपुर निकाल्ने उनको योजना थिएन । अंग्रेजी दैनिक द काठमाण्डौ पोष्ट निकाल्न केही पत्रकार कर्मचारीहरु भर्ना पनि गरियो । तर, पछि प्रकाशकले नेपालीमा कान्तिपुर पनि निकाल्ने निर्णय गरे । २०४९ सालको भदौतिर कान्तिपुर सरकारी निकायमा दर्ताका लागि लगिएको थियो । अंग्रेजी लेख्न लिईएका केही पत्रकारलाई कान्तिपुरमा सारियो ।
 
गोयन्काले कान्तिपुरवाट हटेपछि नेपालमा पर्यटकका लागि हट वेलुन र स्कुलमा पनि लगानी गरे । म्यागेजिन प्रकाशन गरे । तर, सफल भएनन । बन्द भए । गोयन्य अहिले पनि कहिले काँही नेपाल आउँछन् । आफ्ना नेपालका साथीभाईलाई यस्तै नयाँ व्यवसाय गर्ने कुरा सुनाएर जान्छन् ।  कान्तिपुरमा गोयन्का पछि बाँकी रहेका प्रकाशकसँग नमस्ते कार्पेट कम्पनी थियो । केही समय यो संचालन भयो । केही ठेक्का पट्टामा साझेदार पनि भए । तर, २०५२ पछि जव कान्तिपुरले व्यवसायीक सफलता हात पार्न थाल्यो वा विज्ञापन पाउन थाल्यो त्यसपछि प्रकाशकहरुले विस्तारैअन्य व्यवसायमा संलग्नता छाड्दै गए । ६० साल तिर आउँदा त यिनको अस्तित्वनै थिएन । कान्तिपुरका प्रकाशकका मुख्य व्यवसाय खाली मिडिया मात्र थियो । कान्तिपुरको मुख्य आम्दानी निजी क्षेत्रका उद्यमी व्यवसायीवाट आउने विज्ञापन थियो । 
 
कान्तिपुरको उच्च व्यवस्थापनमा एपी सिंह, राजेन्द्रबहादुर सिंहजस्ता चुस्त रणनीतिकार पनि जोडिए । कान्तिपुरका प्रकाशकले केही गलत व्यक्तिलाई पनि जिम्मेवारी सुम्पियो । तर, विगत १० बर्षमा कान्तिपुरले न कुशल रणनीतिकार पायो न मार्केटिङ्गलाई नै मजबुत वनायो । दुवै ठाउँमा सम्झौता ग¥यो । यसको असर अब देखिन थालेको हो ।
 
 
(किन र कसरी अर्को पटक)