मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

विश्वभर एक करोड २९ लाख बढी संक्रमित, भारतमा संक्रमितको संख्या ह्वात्तै बढ्यो

विश्वभर एक करोड २९ लाख बढी संक्रमित, भारतमा संक्रमितको संख्या ह्वात्तै बढ्यो


जेनेभा । कोरोना भाइरसबाट विश्वभर सङ्क्रमित भएकाहरुको संख्या एक करोड २९ लाख नाघेको छ । जोन्स हकिन्स विश्वविद्यालयले दिएको जानकारीअनुसार विश्वभर एक करोड २९ लाख २५ हजार ३३१ जना सङ्क्रमित भएका छन् ।
 
यस्तै, विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या आइतबार रातिसम्म ५ लाख ६९ हजार ९७ पुगेको छ । 
 
त्यसैगरी सबैभन्दा धेरै अमेरिकामा ३३ लाख ८० हजार ४२९, दोस्रो धेरै ब्राजिलमा १८ लाख ४२ हजार १२७ र तेस्रो धेरै सङ्क्रमित रहेको भारतमा कुल आठ लाख ७१ हजार ४९९ जना सङ्क्रमित भएका छन् । 
 
त्यसैगरी रुसमा सात लाख २७ हजार १६२, पेरुमा तीन लाख २२ हजार ७१०, चिलीमा तीन लाख १२ हजार २९, स्पेनमा ३ लाख ९८८,  मेक्सिकोमा दुई लाख ९५ हजार २६८, बेलायतमा दुई लाख ८९ हजार ६०३, दक्षिण अफ्रिकामा दुई लाख ६४ हजार १८४ जना र चीनमा ८५ हजार ५१८ जनाभन्दा बढी सङ्क्रमित भएको विश्वविद्यालयले जनाएको छ ।
 
यसैबीच, भारतमा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै २८ हजारभन्दा बढी सङ्क्रमित भएको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा २८ हजार ६३७ जना सङ्क्रमित भएका छन् भने ५५१ जनाको मृत्यु भएको छ ।
 
त्यसैगरी ब्राजिलमा एकैदिनमा ३९ हजारभन्दा बढी सङ्क्रमित भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । कोरोनाभाइरसकै कारण ब्राजिलमा पछिल्लो २४ घन्टामा एक हजार ७१ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या ७१ हजार ५१५ पुगेको अधिकारीहरुले जनाएका छन् । 
 
कोरानाभाइरसबाट प्रभावित हुँदै आएको भियतनाममा पछिल्लो समय कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरु थपिएका छैनन् । स्थानीय समयअनुसार शनिबार मध्यान्हसम्म कुनै नयाँ सङ्क्रमित नभेटिएको सरकारी अधिकारीहरुले जनाएका छन् । 
 
भियतनाममा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या ३७० मात्रै रहेको समाचारमा जनाइएको छ । सङ्क्रमितमध्ये २३० जनालाई क्वारेन्टाइनमा राखिएको थियो । अधिकारीहरुका अनुसार सङ्क्रमित भएका मध्ये ३५० जना अर्थात् ९४.६ प्रतिशत सङ्क्रमितहरु सङ्क्रमणमुक्त भइसकेका छन् । 
 
भियतनाममा कोरोनाभाइरसका कारण अहिलेसम्म कसैको पनि मृत्यु भएको पुष्टि नभएको जनाइएको छ । एएनआई