मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

बलिउड अभिनेता अमिताब, छोरा अभिषेक, बुहारी ऐश्वर्या र नातिनी आराध्यालाई कोरोना पुष्टि

बलिउड अभिनेता अमिताब, छोरा अभिषेक, बुहारी ऐश्वर्या र नातिनी आराध्यालाई कोरोना पुष्टि


मुम्बई । भारतीय सिनेमा जगतको उच्च प्रतिष्ठा स्थापित गर्दै विश्व सिनेमा जगतमा चर्चित व्यक्तित्व अमिताभ बच्चन र उनका छोरासमेत रहेका कलाकार अभिषेक बच्चनलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको भारतीय अधिकारीहरूले पुष्टि गरेका छन् ।
 
बलिउडका महानायक अमिताब बच्चन र उनका छोरा अभिषेकमा कोरोना पुष्टि भएसँगै बुहारी एवं अभिनेत्री ऐश्वर्या र उनकी छोरीमा समेत कोरोना पोजेटिभ देखिएको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले लेखेको छ । त्यसैगरी जया बच्चन भने कोरोना नेगेटिभ पुष्टि भएकी छिन् । यस बारेमा थप विवरण आउने बाँकी रहेको सञ्चार माध्यमले उल्लेख गरेको छ ।
 
बच्चन परिवार बस्ने क्षेत्र र घरलाई स्यानिटाइज गरिएको छ । एेश्वर्या राय बच्चन र उनकी छोरी आराध्या बच्चनसमेत पोजेटिभ भएको भारतीय स्वास्थ्यमन्त्री राजेश टोपेले पुष्टि गरेका हुन्। 
 
अमिताब र अभिषेक दुवै जनाले आफूलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छुट्टाछुट्टै ट्विटमार्फत पनि शनिबार जानकारी गराएका छन् । 
 
उनीहरू नानावती अस्पतालको आइसोलेसन वार्डमा भर्ना भई उपचार सेवा सुरू गरिसकेको सन्देशमा उल्लेख छ । उनीहरूलाई सङ्क्रमणको ‘हल्का लक्षण’हरू देखिएको बताइएको छ ।
 
संघीय सरकारका स्वास्थ्यमन्त्री हर्षवर्धनले पनि बच्चनद्वय कोभिड–१९ सङ्क्रमित भएको पुष्टि गर्दै भने, “७७–वर्षीय अमिताब र छोरा अभिषेकलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको र दुबै जनालाई अस्पताल भर्ना गरिएको साथै उनीहरूको परिवारका अन्य सदस्य तथा कर्मचारीहरूको परीक्षणका लागि नमूना पठाइएको छ भने उनीहरूको नतिजा आइसकेको छैन ।” 
 
भारतको बढी प्रभावितमध्ये एक राज्य महाराष्ट्रको मुम्बईमा शनिबारसम्म कूल ९१ हजार ४५७ व्यक्ति कोभिड–१९ सङ्क्रमित भएकोमा अझै २२ हजार ७७९ व्यक्तिले विभिन्न स्थानमा उपचार सेवा लिइरहेका छन् भने आइतबारसम्म पाँच हजार २४१ व्यक्तिको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
 
बच्चनद्वय कोभिड–१९ सङ्क्रमित भएको भारतीय सञ्चारमाध्यममा सार्वजनिक भएसँगै फेसबुक र ट्वीटरलागयतका सामाजिक सञ्जालहरूमा उनीहरूको स्वास्थ्यलाभको कामनाका सन्देशहरूले भरिएका छन् । एएनआई