मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

माछा मार्ने क्रममा तालमा डुब्दा एक वेपत्ता, एकको शव फेला

माछा मार्ने क्रममा तालमा डुब्दा एक वेपत्ता, एकको शव फेला


टेक्सस(अमेरिका)  – माछा मार्नका लागि तालमा पस्दा वेपत्ता भएका नेपालीमुलका दुई मध्य एकको शव फेला परेको छ । भेटिएकामा नेपालीभाषी भुटानीमुलका युवा हुन् ।
 
युवाहरुको खोजीकार्य टेक्सस गेम वार्डेनक्रुले जारी राखेका छन् । उनीहरु माछा मार्ने क्रममा विहीबार साँझ तालमा डुबेका थिए ।
 
माछा मार्नका लागि  पसिम किङ्गडम लेकमा पुगेका तीनजनामा एकजना नेपाली, एक भुटानी र एक भियतनामीमुलका १९ वर्षिय युवाहरु थिए । तालमा मोबाइल खसेपछि निकाल्न पसेका तीनजना मध्य भियतनामी तुरुन्त निस्किएकोमा बाँकी दुई भने डुबेका थिए ।
 
स्थानीय टिभी च्यानल फक्स–फोरले जनाए अनुसार गेम वार्डन क्रुको टीमले अक्सिजनका साथमा पानीभित्र पसेर र क्यामराबाट खोजीकार्य जारी राखेका छन् । तालबाट निकास भएर दक्षिणतर्फ बगेको ब्रजोस खोलामा खोजीकार्यलाई केन्द्रित गरिएको छ । 
 
सिबिएस न्यूजले जनाए अनुसार तालको ड्यामभन्दा तल्लो भागमा माछा मार्ने क्रममा एकजनाको मोबाइल खसेको थियो । मोबाइल टिप्न सुरुमा नेपाली र भुटानी युवा पसेका थिए । उनीहरु निस्कन नसकेपछि भियतनामी युवा पसे । भियतनामी युवा पौडेर निस्कन सफल भएपनि नेपाली र भुटानी युवकहरु भने वेपत्ता भएका थिए ।
 
शुक्रबार टेक्ससको राजधानी अस्टिनबाट आएका गेम वार्डन क्रुले तालको ४० फिट मुनि पिँधमा क्यामराको सहायताले मोबाइल देखेका थिए । शुक्रबार तीनघण्टासम्म खोजी गर्दा पनि नभेटिएको र अक्सिन सकिपछि उनीहरु फर्किएका थिए । 
शनिबार बिहान फेरि खोजीकार्य जारी राख्दा भुटानी युवाको शव फेला परेको हो । 
 
माछा मार्न जाने तीनै जना सहपाठी भएको बताइएको छ । विहीबार साँझ साँढे सातबजे उक्त घटना भएको सिबिएस न्यूजले जनाएको छ ।