प्रवास

भारतमा ६२ प्रतिशत कोरोना संक्रमित निको भई फर्किए

प्रकाशित |
नयाँ दिल्ली । भारतको स्वास्थ्य मन्त्रालयले भारतमा कोभिड १९ का संक्रमितहरुको निको हुने दर बढेको जानकारी दिएको छ ।
 
सो मन्त्रालयले भारतमा कोरोना संक्रमणबाट संक्रमितहरुको निको हुने दर बढेर ६१.५३ प्रतिशत पुगेको जानकारी दिएको जनाइएको छ ।  
 
यहाँ गएको २४ घन्टामा मात्र २२ हजार जनाभन्दा बढी संक्रमित भेटिएका बिहीबार प्राप्त भएको समाचारमा जनाइएको छ ।
 
बिहीबार दिइएको जानकारीमा यहाँ गएको २४ घन्टामा २२ हजार ७५२ जना संक्रमित भेटिएका हुन् । योसँगै यहाँका संक्रमितहरुको संख्या बिहीबार बिहानसम्ममा ७ लाख ९० हजार ६४९ जना पुगेका छन् । 
 
यी संक्रमितहरुमा भारतमा ४ लाख ८३ हजार ३४८ जना संक्रमितहरु निको भएर घर फर्किएका सो मन्त्रालयले जानकारी दिएको छ । अझै पनि भारतमा २ लाख ८५ हजार ७१५ जना संक्रमितहरु अहिले रहेका छन् ।
 
उनीहरुमध्ये कतिपय अस्पताल त केही आफ्नै घरमा आइसोलेसनमा पनि रहेका छन् ।
 
यहाँ २१ हजार ६८६ संक्रमितको निधन भएको छ । गएको २४ घन्टामा मात्र यहाँ ४९१ जनाको ज्यान गएको बताइएको छ ।
 
योसँगै भारतमा कोभिड १९ को संख्या हेर्दा करिब ६२ प्रतिशत निको भएर घर फर्किएको देखिएको छ । यो संख्या पहिलेको तुलनामा बढ्दै गएको पनि सो मन्त्रालयले दिएको तथ्यांकमा उल्लेख गरिएको छ । 
 
मन्त्रालयले निको हुने दर हरेक दिन बढ्दै गएको जनाएको छ । साथै पछिल्ला दिनहरुमा परीक्षणको संख्या पनि मन्त्रालयले बढाउँदै लगेको सो मन्त्रालयले जनाएको छ ।
 
साथै, मन्त्रालयले सबैभन्दा बढी प्रभावित राज्यका रुपमा महाराष्ट्र नै अगाडि रहेको पनि बताएको छ । एएनआई
हिमालय खबर

हिमालय खबर -

थप »

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया