मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

दक्षिण कोरियामा पनि कोरोना संक्रमित बढे

दक्षिण कोरियामा पनि कोरोना संक्रमित बढे


सोल । दक्षिण कोरियामा कोरोना (कोभिड–१९) का संक्रमित पछिल्लो समयमा बढेको देखिएको छ । यहाँ संक्रमित हुनेहरुको संख्या पछिल्ला हप्ताहरुमा बढ्दै गएको देखिएको समाचारमा जनाइएको छ । गत २४ घन्टामा थप ५० मा कोरोना भेटिएको बताइएको छ । 
 
योसँगै यहाँका संक्रमितहरुको संख्या १३ हजार २९३ जना पुगेको बताइएको छ । यहाँ पछिल्लो हप्ता हरेक दिन कम्तीमा ४० देखि ७० जना संक्रमित थपिएका छन् ।   
 
उनीहरुमध्ये अधिकांश विदेशबाट आएका व्यक्तिमा पाइएको पनि सो समाचारमा जनाइएको छ । पछिल्लो दुई दिनमा दुई व्यक्तिको मृत्यु भएपछि संक्रमणबाट ज्यान जानेको संख्या २८७ जना पुगेको बताइएको छ । यहाँका संक्रमितहरु बढीजसो चर्चमा गएका व्यक्तिहरुबाट भएका बताइएको छ । 
 
यहाँ निकै थोरै संख्यामा मात्र संक्रमितहरु थिए । दक्षिण कोरिया सरकारले कोरोना भाइरसको संक्रमणलाई रोक्न विदेशका अरु देशहरुको तुलनामा प्रभावकारी काम गरेको बताइएको थियो । तर, प्राप्त समाचारमा दक्षिण कोरियामा पनि पछिल्लो समयमा संक्रमितहरुको संख्या बढ्दै गएको देखिएको छ । 
 
दक्षिण कोरियाको सरकारले गएको जुन ३ तारिखदेखि कोरोना भाइरसको परीक्षण शुरु गरेको थियो । त्यस यता आजसम्ममा यहाँको सरकारले करिब १३ लाख ७० हजार भन्दा बढी व्यक्तिको परीक्षण गरेको जनाएको छ । सिन्ह्वा