मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोरोनाबाट विश्वभर एक करोड २२ लाख ५१ हजार संक्रमित

कोरोनाबाट विश्वभर एक करोड २२ लाख ५१ हजार संक्रमित


मेरील्याण्ड । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या एक करोड २२ लाख ५१ हजार २७ पुगेको छ ।
 
जोन हकिन्स विश्वविद्यालयले बिहीबार दिएको जानकारीअनुसार सङ्क्रमित भएकामध्ये विश्वभरी पाँच लाख ५४ हजार जनाको मृत्यु भएको छ ।
 
चिनियाँ सहर वुहानमा सबैभन्दा पहिले सन् २०१९ को डिसेम्बरमा पत्ता लागेको कोभिड–१९ हाल विश्वभर महामारीका रूपमा फैलिएको छ । 
 
कोरोनाका कारण सबैभन्दा बढी अमेरिका प्रभावित भएको छ । अमेरिकामा कोरोनाका कारण मृत्यु भएका र सङ्क्रमित भएकाहरुको सङ्ख्या सबैभन्दा धेरै रहेको छ । 
 
अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म एक लाख ३५ हजार १५२ जनाको मृत्यु भएको छ । त्यसैगरी ३१ लाख ७४ हजार १४१ जना सङ्क्रमित भएका छन् ।  
 
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले गत मार्चदेखि कोरोनाको महामारी फैलिएको घोषणा गरेको थियो । 
 
दोस्रो धेरै प्रभावितको सूचीमा ब्राजिल भएको छ । ब्राजिलमा १७ लाख १९ हजार ६६० जना सङ्क्रमित भएका छन् भने ६८ हजार ८९ जनाको मृत्यु भएको छ । बेलायत, फ्रान्स, इटली, स्पेन, भारत, रूस र पेरू बढी प्रभावित मुलुकहरूमध्ये रहेका छन् । एएनआई