मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नवनियुक्त प्रहरी महानिरीक्षक थापाको निर्देशन

नवनियुक्त प्रहरी महानिरीक्षक थापाको निर्देशन


काठमाडौँ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले व्यक्तिगत स्वार्थलाई त्यागेर सङ्गठनले अख्तियार गरेको नीति तथा कार्ययोजना कार्यान्वयनमा सक्रियता हुन मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । 
 
प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित विशेष समारोहमा उनले समस्याबाट भागेर होइन समस्यासँग जुधेर अगाडि बढ्न प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिए । 
 
प्रहरी महानिरीक्षक क्षेत्रीले वर्तमान अवस्थामा नेपाल प्रहरीसामु रहेका विविध चुनौती समाधानका लागि सबै प्रहरी कर्मचारीहरुलाई पूर्ण सहयोगीको रुपमा प्रस्तुत हुन आग्रह गरे । 
 
आउँदा दिनमा कुनै पनि प्रहरी कर्मचारीको कार्य सम्पादन मूल्याङ्कन ऐन कानुनमा निर्दिष्ट एवं वरिष्ठता तथा तथ्याङ्कको आधारमा हुने उल्लेख गर्दै उनले सबै प्रहरी कर्मचारीले आफ्नो उच्च व्यावसायिकता प्रदर्शन गर्नुपर्ने बताए । 
 
उनले प्रहरी, प्रहरी जस्तै हुनुपर्छ तर विनम्र पनि हुनुपर्नेमा जोड दिँदै आफ्नो व्यवहारलाई सुधार गर्दै सङ्गठनको सुधारका लागि ऐन, नियमको परिधिमा रहेर सबै प्रहरी कर्मचारीहरु ऐक्यबद्ध भई अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए । 
 
प्रहरी कर्मचारीहरुको वृत्ति विकास एवम् कल्याणकारी योजनाहरु बारेमा सङ्गठन सदैव क्रियाशील रहेको उल्लेख गर्दै उनले सङ्गठनले लिएको उद्देश्य पूरा गर्न प्रत्येक प्रहरी कर्मचारीहरु मानसिक एवं शारीरिक रुपमा स्वस्थ हुनुपर्नेमा जोड दिए । 
 
प्रहरी महानिरीक्षक क्षेत्रीले व्यावसायिक रुपमा व्यस्त भए पनि आफ्नो परिवारलाई समय दिन सकेमा प्रहरी कर्मचारीहरु मानसिक रुपमा स्वास्थ्य हुनसक्ने विचार व्यक्त गरे । रासस