मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

थप १०८ सहित कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुग्यो

थप १०८ सहित कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुग्यो


काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप १०८ जनामा कोरोना पुष्टि भएको छ । देशभरका २५ वटा प्रयोगशालामा २४ घन्टामा ५५८८ जनाको नमुना परीक्षणका क्रममा १०८ जनामा संक्रमण पुष्टि भएको हो । 
 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यससँगै कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ । 
 
नेपालमा कोरोना संक्रमणका कारण हालसम्म ३५ जनाको मृत्यु भएको छ । डा गौतमका अनुसार बिहीबार १४९ जना कोभिड–१९ सङ्क्रमणबाट मुक्त भएका छन् । अहिलेसम्म ७८९१ जना सङ्क्रमणबाट मुक्त भएका छन् । 
 
प्रवक्ता गौतमका अनुसार हालसम्म २ लाख ६६ हजार ४५७ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ ।
 
उनका अनुसार हाल २४ हजार ८२५ जना क्वारेन्टाइनमा र ८६०५ जना आइसोलेसनमा रहेका छन् ।