मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकाले विदेशी विद्यार्थीका लागि ल्याएको नयां नियमले नेपाली विद्यार्थीलाई पनि असर

अमेरिकाले विदेशी विद्यार्थीका लागि ल्याएको नयां नियमले नेपाली विद्यार्थीलाई पनि असर


अमेरिकाले सोमवार देखि लागु गरेको विदेशी विद्यार्थीले अनलाइनवाट कक्षा लिएर मात्र नपुग्ने संशोधित नियम ल्याएपछि नेपाली विद्यार्थी पनि असर पर्न सक्ने बताइएको छ I
 
आउने अगष्टवाटै शुरु हुने फल सिजनवाट संशोधित नियम लागु हुने भएपछि विदेशी विद्यार्थीको तनाव वढेको हो ।
 
युएस इमिग्रेशन एण्ड कस्टम्स ईर्फोस्मेण्ट अन्तर्गत रहेको स्टुडेण्ड एण्ड एक्स्चेञ्ज प्रोग्राम (एसईभीपी)ले फल सेमेस्टरका लागि सोमवार सार्वजनिक नयां संशोधित प्रावधान अनुसार विद्यार्थीका रुपमा पढ्न एफ १ र एम १ भिषामा आएका विद्यार्थीले अनलाइनमा वाहेक अधिकांश कक्षा तोकिए बमोजिम क्लासमै गएर पढ्नुपर्ने नत्र डिर्पोट गरिने उल्लेख छ ।
 
यो प्रावधानले तत्काल अमेरिकामा करिव १५ हजार नेपाली विद्यार्थी अन्यौलमा परेका छन् । यो विदेशी विद्यँर्थीका लागि अन्यौल र अनिश्चितता वढाउने खालकै नियम छ अमेरिकामा कानुनी परामर्श दिईरहेका एटर्नी बासु फुलराले भने ।
 
यो नियम आएपछि अव के हुन्छ सर, भन्ने प्रश्न गर्दै सयौं विद्यार्थीले फोन गर्नु भयो एटर्नी  फुलराले भने नेपाली मात्र होइन विशेष गरी एशियावाट आउने विद्यार्थी यसको मारमा परेका छन् यो नियमले तत्काललाई अन्यौल र अनिश्चितता बढाएको छ । ठुलो संख्यामा अमेरिकामा अध्ययनरत चीन, भारतका विद्यार्थी पनि यसको मारमा परेका छन् । 
 
अमेरिका पढ्न आउने तयारी गरिरहेका कयौं विद्यार्थीले नेपालवाट समेत सम्पर्क गरेको फुलराले वताए ।
 
नियम आईसकेको छ  मानेन भने आउट अफ स्ट्याट्स लगायत डिर्पोटेशन वा इमिग्रेशन सम्वन्धि विभिन्न झमेलामा फस्न सकिने त्रास छ फुलराले भने अहिलेको विशेष स्थितिमा यो नियम कसरी पालना गर्न पनि समस्या छ ।   
 
के गर्ने त ? फुलराले हिमालयखवरसंग भने पहिला त अनलाइन कक्षा लिईरहेका विद्यार्थीले आफ्नो कलेजमा गएर इन्टरनेश्नल स्टुडेण्ट भर्नासंग सम्वन्धित पदाधिकारीलाई भेटेर समस्या भन्नु पर्यो, यसले गर्दा इनपर्सन कक्षामा गएर पढ्ने व्यवस्था मिल्यो भने समस्या सकियो ।
 
कलेजवाट समस्या सम्वोधन भएन भने कि इनपर्सन र अनलाइन दुवै कक्षामा सहभागी हुन मिल्ने हाइब्रिड कलेजमा ट्रान्सफर हुनु पर्यो ।  मेडिकल लिभ, लगायतका अन्य उपाय पनि छन् यो भने व्यक्ति अनुसार हुन्छ । यो नियम रहंदा सम्म गर्न सकिने यत्ति हो ।
 
एटर्नी फुलराले यो  नियमका वारेमा चासो राख्दै टेक्सस, न्युर्योक, क्यालिफोर्नियावाट  टेलिफोन गर्ने विद्यार्थीको संख्या अध्याधिक रहेको वताए । कोभिड १९ महामारीले अमेरिकामा सवैभन्दा वढी मर्कामा नेपाली विद्यार्थी नै परेका थिए । वासिंटन स्थित नेपाली दुतावासमा पनि सवैभन्दा वढी समस्या नेपाली विद्यार्थीका नै आएका थिए ।
 
दुतावासले औपचारिकता निभाउंदै अहिलेको महामारीको समस्यामा नेपाली विद्यार्थीका लागि इमिग्रेशनमा केही विचार गर्न अमेरिकी प्रशासनलाई पत्र लेखेको थियो । यसको जवाफ के आयो आएन दुतावासले केही सार्वजनिक गरेको छैन ।
 
विभिन्न कारणले संकटमा परेका नेपाली विद्यार्थीलाई दुतावासले खाली एनआरएनए अमेरिकाका पदाधिकारीलाई सम्पर्क गर्न सुझाव दिएको थियो । दुतावासका तर्फवाट प्रत्यक्ष कुनै सहयोग गरेको जानकारी छैन ।
 
नयां निमयमा सकेसम्म विदेशी विद्यार्थी इनपर्सननै कक्ष्ाँमा जान दवाव दिईएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले फलवाट अमेरिकाका स्कुल समेत यथास्थितिमा खोल्ने सार्वजनिक गरेका छन् । यसले गर्दा वासिंटन प्रशासन यो नियम परिवर्तन गर्ने पक्षमा देखिदैन ।  
 
विदेशी विद्यार्थीका लागि ल्याईएको यो संशोधित नियमको विरुद्ध अधिकारवादीहरुले अदालतमा चुनौती दिने तयारी भने गरेका छन् । कोभिडको महामारीमा यो प्रावधान ल्याउन हुन्थेन भन्ने मान्यता राख्नेहरु पनि छन् । अदालतले यो नयां नियमलाई रोकिदियो भने समस्या अहिलेलाई सकिन्छ । अमेरिकामा राष्ट्रपति निर्वाचनपनि नजिक आईरहेको छ । ट्रम्पले फेरी जित्छन वा नयां नेतृत्व अमेरिकाले पाउंछ यो नोभेम्बरको पहिलो साता टुंगो लाग्छ । त्यसैले यो नियम कायम रहन्छ कि रहदैंन भन्ने प्रश्न पनि छ ।
 
तस्बिर: सामाजिक संजाल