मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोभिड-१९ : एक करोड २० लाख संक्रमित, ५ लाख ४७ हजार बढीको मृत्यु

कोभिड-१९ : एक करोड २० लाख संक्रमित, ५ लाख ४७ हजार बढीको मृत्यु


जेनेभा । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ४७ हजार ५९२ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड १९ लाख ९५ हजार ६९५ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)द्वारा जारी प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । 
 
नेपाली समयानुसार बुधबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ६९ लाख ४३ हजार ७३९ जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ४५ लाख ४ हजार ३६४ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५८ हजार २८६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 
 
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३० लाख ९८ हजार २९१ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ३४ हजार १८ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
 
दक्षिण अमेरिकामा २६ लाख १४ हजार ९३१ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ९६ हजार ८४२ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ३६ लाख २९ हजार ५५४ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ७८ हजार ७०१ जनाको मृत्यु भएको छ । 
 
युरोपमा २५ लाख १४ हजार ११९ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९४ हजार ८०२ को मृत्यु भएको छ । एसियामा २७ लाख १३ हजार ८८३ जनामा कोरोना भाइरस संक्रमित रहेका छन् भने ६५ हजार ७९ जनाको मृत्यु भएको छ ।
 
अफ्रिकामा ५ लाख ११ हजार ९४९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२ हजार २६ जनाको मृत्यु भएको छ ।  ओसियानामा १० हजार ५३८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२८ जनाको मृत्यु भएको छ । एएफपी