मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

थप २५५ सहित कोरोना संक्रमितको संख्या १६ हजार ४२३ पुग्यो

थप २५५ सहित कोरोना संक्रमितको संख्या १६ हजार ४२३ पुग्यो


काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप २५५ जनामा कोरोना पुष्टि भएको छ । देशभरका २५ वटा प्रयोगशालामा २४ घन्टामा ४६९६ जनाको नमुना परीक्षणका क्रममा २५५ जनामा संक्रमण पुष्टि भएको हो । 
 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यससँगै कोरोना संक्रमितको संख्या १६ हजार ४२३ पुगेको छ । 
 
पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौँका ६, पाटनका १० र ललितपुरका ७ गरी कुल २३ जनामा कोरोना सङ्क्रमण देखिएको जानकारी दिएका हुन् । 
 
जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौँका ६, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । 
 
देशभरका ७७ जिल्लामा फैलिएको कोरोना संक्रमण पाँच जिल्लामा भने संक्रमण शून्य देखिएको छ । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ र हुम्लामा संक्रमण शून्य देखिएको हो । 
 
नेपालमा कोरोना संक्रमणका कारण हालसम्म ३५ जनाको मृत्यु भएको छ । डा गौतमका अनुसार मंगलबार २५३ जना कोभिड–१९ सङ्क्रमणबाट मुक्त भएका छन् । अहिलेसम्म ७७५२ जना सङ्क्रमणबाट मुक्त भएका छन् । अहिलेसम्म सङ्क्रमितमध्ये ४७.२ प्रतिशत बिरामी सङ्क्रमणबाट मुक्त भएका छन् । 
 
प्रवक्ता गौतमका अनुसार हालसम्म २ लाख ६६ हजार ४५७ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल २५ हजार ४० जना क्वारेन्टाइनमा र ८६३६ जना आइसोलेसनमा रहेका छन् ।