मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

थप २०४ सहित कोरोना संक्रमितको संख्या १६ हजार १६८ पुग्यो

थप २०४ सहित कोरोना संक्रमितको संख्या १६ हजार १६८ पुग्यो


काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप २०४ जनामा कोरोना पुष्टि भएको छ । देशभरका २५ वटा प्रयोगशालामा २४ घन्टामा ६१३३ जनाको नमुना परीक्षणका क्रममा २०४ जनामा संक्रमण पुष्टि भएको हो । 
 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यससँगै कोरोना संक्रमितको संख्या १६ हजार १६८ पुगेको छ । 
 
पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौँमा १४, ललितपुरमा १० र भक्तपुरमा चार जनामा कोरोना सङ्क्रमण देखिएको जानकारी दिएका हुन् । 
 
जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौँका एक, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काठमाडौँका १२ र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । 
 
यस्तै, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमै गरिएको परीक्षणमा भक्तपुरका चार र ललितपुरका १० जनामा सङ्क्रमण देखिएको हो । 
 
मंगलबार सबैभन्दा बढी बाजुरामा ५४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । अछाम र बैतडीका ११/११, महोत्तरीका नौ, धनुषा र अर्घाखाँचीका आठ/आठ, डोटीका सात, मोरङ र डडेल्धुराका छ/छ, सल्यान, रुकुम पश्चिम र नवलपसारीका पाँच/पाँच जनामा संक्रमण पुष्टि भएको छ । 
 
यस्तै,  सप्तरी, सुनसरी, दाङ, सुर्खेत र गोरखाका तीन/तीन, तनहुँ, पाल्पा र बर्दियाका दुई/दुई, झापा, सिन्धुली, सिन्धुपाल्चोक, धादिङ, कास्की, लमजुङ, नुवाकोट, पर्सा, रामेछाप, रुपन्देही, सप्तरी, रुकुम पूर्व, बागलुङ र कपिलवस्तुका एक/एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 
 
नेपालमा कोरोना संक्रमणका कारण हालसम्म ३५ जनाको मृत्यु भएको छ । डा गौतमका अनुसार मंगलबार ६८८ जना कोभिड–१९ सङ्क्रमणबाट मुक्त भएका छन् । अहिलेसम्म ७४९९ जना सङ्क्रमणबाट मुक्त भएका छन् । अहिलेसम्म सङ्क्रमितमध्ये ४६.७ प्रतिशत बिरामी सङ्क्रमणबाट मुक्त भएका छन् । 
 
प्रवक्ता गौतमका अनुसार हालसम्म २ लाख ६१ हजार ८६१ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल २५ हजार ७२७ जना क्वारेन्टाइनमा र ८६३४ जना आइसोलेसनमा रहेका छन् ।