मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अनलाइन कक्षामात्र लिने विदेशी विद्यार्थीले अमेरिकामा पढाई जारी गर्न नपाउने

अनलाइन कक्षामात्र लिने विदेशी विद्यार्थीले अमेरिकामा पढाई जारी गर्न नपाउने


हिमालयखवर संवाददाता
अमेरिका- अमेरिका अध्ययरत अनलाइन क्लासमात्र लिने विदेशी विद्यार्थीले अमेरिका वस्न र पढ्न आउन अनुमति नपाउने भएका छन् । 
 
युएस इमिग्रेशन एण्ड कस्टम्स ईर्फोमेण्ट अन्तर्गत रहेको स्टुडेण्ड एण्ड एक्स्चेञ्ज प्रोग्राम (एसईभीपी)ले फल सेमेस्टरका लागि सोमवार सार्वजनिक नयां संशोधित प्रावधान अनुसार विद्यार्थीका रुपमा पढ्न एफ १ र एम १ भिषामा आएका विद्यार्थीले अनलाइनमा वाहेक तोकिए बमोजिम क्लासमै गएर पढ्नुपर्ने नत्र डिर्पोट गरिने उल्लेख छ ।
 
अनलाइन कक्षामात्र लिनेले अमेरिका बस्न  सुविधा हुने छैन र यस्ता शैक्षिक संस्थाका विद्यार्थीका लागि पनि कुनै भिषा जारी गरिने छैन सोमवार जारी संशोधित नियममा भनिएको छ ।
 
कोभिड १९ का कारण कतिपय अमेरिकी शैक्षिक संस्थाले अनलाइन कक्षा मात्र संचालन गरिरहेका छन । अमेरिका भरका स्कुल कलेज कोभिड १९ का कारण गर्मी विदा शुरु हुनु भन्दा झण्डै २ महिना अघिनै वन्द भएका थिए ।  यो संशोधित नियम यही आउंदो फल शैक्षिक सत्र देखि नै लागु हुने भएको छ ।
 
अनलाइन कक्षा मात्र संचालन गरिरहेका र यसरी पढाई गरिरहेका विद्यार्थीले इनपर्सन कक्षामै गएर पढ्ने विकल्प खोज्नुपर्ने उल्लेख गरिएको छ ।
 
अनलाइन कक्षा मात्र संचालन गरिरहेका शैक्षिक संस्थामा भर्ना भएका विदेशी विद्यार्थी पनि अमेरिका प्रवेश नपाउने नियम ल्याईएको छ । भिषा पाईसकेका यस्ता विद्यार्थी अमेरिका आएपनि प्रवेश विन्दुवाटै फिर्ता गरिने छ । गर्मी विदा सकिए लगत्तै अगस्टको तेस्रो सातावाट फल सेमेस्टर शुरु हुन हुन्छ ।
 
यो प्रावधानले अमेरिकामा अध्ययनरत र पढ्न आउन खोजेका लाखौं विदेशी विद्यार्थी प्रभावित हुने छन् ।
 
अहिलेको अवस्थामा विदेशी विद्यार्थीले वढीमा एउटा कक्षा वा तीन क्रेडिट आवर मात्र अनलाईनवाट लिन सक्नेछन । विद्यार्थी भिषामा रहेकाले आफ्नो आई २० नविकरण गर्न इनपर्सननै कक्षामा गई पढेको आफ्नै पुष्टि गर्नु पर्ने छ । यस प्रावधानले विद्यार्थीलाई पढाई जारी गर्न थप झन्झिटिलो हुने छ । तस्बिर: सामाजिक संजाल