मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोभिड १९ बाट विश्वभर पाँच लाख ३८ हजार बढीको मृत्यु

कोभिड १९ बाट विश्वभर पाँच लाख ३८ हजार बढीको मृत्यु


जेनेभा । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ३८ हजार ५५२ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड १६ लाख ५४ हजार ५५७ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)द्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । 
 
नेपाली समयानुसार सोमबार मध्य रातिसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ६५ लाख ९५ हजार ५९५ जना निको भएका छन्। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित ४३ लाख २० हजार ४१० व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५८ हजार ७०६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 
 
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३० लाख ६ हजार २४० जना कोरोना भाइरसका संक्रमित रहेका छन् ।  यस प्रकोपका कारण अमेरिकामा १ लाख ३२ हजार ६९८ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
 
दक्षिण अमेरिकामा २५ लाख २७ हजार १५१ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ९४ हजार ५३ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ३५ लाख १८ हजार ९७४ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ १ लाख ७५ हजार ७९३ जनाको मृत्यु भएको छ । 
 
युरोपमा २४ लाख ८८ हजार १९६ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९३ हजार ९३६ को मृत्यु भएको छ । एसियामा २६ लाख २७ हजार ८३७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ६३ हजार २०८ जनाको मृत्यु भएको छ ।
 
अफ्रिकामा ४ लाख ८१ हजार ४४५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ११ हजार ४१९ जनाको मृत्यु भएको छ । ओसियानामा १० हजार २३३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२८ जनाको मृत्यु भएको छ ।  एएफपी