मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

थप १८० सहित कोरोना संक्रमितको संख्या १५ हजार ९६४ पुग्यो

थप १८० सहित कोरोना संक्रमितको संख्या १५ हजार ९६४ पुग्यो


काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप १८० जनामा कोरोना पुष्टि भएको छ । देशभरका २५ वटा प्रयोगशालामा २४ घन्टामा ४७२१ जनाको नमुना परीक्षणका क्रममा १८० जनामा संक्रमण पुष्टि भएको हो । 
 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यससँगै कोरोना संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ । 
 
नेपालमा कोरोना संक्रमणका कारण सोमबार थप एक जनाको मृत्यु भएसँगै ३५ जनाको मृत्यु भएको छ । डा गौतमका अनुसार सोमबार २६४ जना कोभिड–१९ सङ्क्रमणबाट मुक्त भएका छन् ।
 
अहिलेसम्म ६८११ जना सङ्क्रमणबाट मुक्त भएका छन् । अहिलेसम्म सङ्क्रमितमध्ये ४२.७ प्रतिशत बिरामी सङ्क्रमणबाट मुक्त भएका छन् । 
 
प्रवक्ता गौतमका अनुसार हालसम्म २ लाख ५५ हजार ७२८ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख ११ हजार ७२४ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ ।
 
उनका अनुसार हाल २९ हजार २१५ जना क्वारेन्टाइनमा र ९११८ जना आइसोलेसनमा रहेका छन् ।