मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

एचआईभीको औषधि कोरेना संक्रमितलाई प्रभावकारी नभएको डब्लुएचओको ठहर

एचआईभीको औषधि कोरेना संक्रमितलाई प्रभावकारी नभएको डब्लुएचओको ठहर


जेनेभा । विश्व स्वास्थ्य संगठनले हाइड्रोक्लोरोक्विन र एचआईभी सङ्क्रमित व्यक्तिलाई दिइने औषधीहरू लोपिनाभिर र रिटोनाभिरको संयोजनमा कोभिड–१९ सङ्क्रमितलाई उपचार नगर्न शनिबार निर्देशन गरेको छ ।
 
कतारी समाचार संस्था, अल जजीराका अनुसार उक्त विधि कोभिड–१९ सङ्क्रमित विरामीको मृत्यु दर घटाउन सफल नदेखिएकोले अस्पतालमा भर्ना गरिएका कोभिड–१९ सङ्क्रमित विरामीका लागि यसको प्रयोग रोक्न भनिएको हो ।
 
हाइड्रोक्लोरोक्विन र लोपिनाभिर वा रिटोनाभिरले कोभिड–१९ का विरामीको उपचारमा निकै कम वा खासै उपलब्धिमुलक नतिजा यी अन्तरिम परीक्षणबाट ननिस्किएको निष्कर्ष विश्व स्वास्थ्य संगठनको रहेको छ । 
 
“अनुसन्धानकर्ताहरूको साझा परीक्षणलाई तत्काल कार्यान्वयनमा आउने गरी रोक्न अनुरोध गरिन्छ,” विश्व स्वास्थ्य संगठनको विज्ञप्तिलाई उद्धृत गर्दै अल जजिराले लेखेको छ ।
 
विश्व स्वास्थ्य संगठनको उक्त निर्णयले ती औषधी प्रयोग भएका तर अस्पतालमा भर्ना नभएका वा रोकथामका विधि प्रयोग गरिएका अन्य अध्ययनलाई पनि प्रभावित पार्नसक्ने जनाएको छ । एएनआई