मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोरोना भाइरसबाट विश्वभर पाँच लाख ३५ हजार बढीको मृत्यु

कोरोना भाइरसबाट विश्वभर पाँच लाख ३५ हजार बढीको मृत्यु


जेनेभा । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ३५ हजार ४७ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड १४ लाख ६७ हजार ६५९ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ ।  
 
नेपाली समयानुसार आइतबार रातिसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ६४ लाख ८९ हजार ४१५ जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ४४ लाख ४३ हजार १९७ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५८ हजार ४९७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 
 
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र २९ लाख ५५ हजार २८२ जना कोरोना भाइरसबाट संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ३२ हजार ३९३ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
 
दक्षिण अमेरिकामा २४ लाख ७७ हजार २१२ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ ९२ हजार ८१८ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ३४ लाख ५८ हजार ५६७ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ १ लाख ७५ हजार ११९ जनाको मृत्यु भएको छ । 
 
युरोपमा २४ लाख ७६ हजार ९८५ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९्३ हजार ६७७ को मृत्यु भएको छ । एसियामा २५ लाख ७५ हजार ५५९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ६२ हजार १४९ जनाको मृत्यु भएको छ ।
 
अफ्रिकामा ४ लाख ६८ हजार ५२१ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ११ हजार १४३ जनाको मृत्यु भएको छ । ओसियानामा १० हजार ९४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२६ जनाको मृत्यु भएको छ । [एएफपीको सहयोगमा ]