मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

विश्वभर सङ्क्रमितको सङ्ख्या हालसम्मकै उच्च : डब्लुएचओ

विश्वभर सङ्क्रमितको सङ्ख्या हालसम्मकै उच्च : डब्लुएचओ


जेनेभा । विश्वमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै उच्च रहेको विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०ले जनाएको छ ।
 
डब्लुएचओका अनुसार शुक्रबारदेखि शनिबारसम्म २४ घन्टाको अवधिमा विश्वभर सङ्क्रमितको सङ्ख्या दुई लाख १२ हजार ३२६ रहेको थियो ।
 
यो अवधिमा सबैभन्दा बढी सङ्क्रमितको सङ्ख्या अमेरिकी क्षेत्रमा रहेको डब्लुएचओले जनाएको छ । अमेरिकी मुलुकहरूमा पनि संयुक्त राज्य अमेरिका र ब्राजिलमा २४ घन्टामा सङ्क्रमित दुई लाख १२ हजार ३२६ व्यक्तिमध्ये झण्डै आधा सङ्क्रमित भेटिएका थिए ।
 
उक्त अवधिमा ब्राजिलमा ५३ हजार २१३ र संयुक्त राज्य अमेरिकामा ४८ हजार १०५ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको थियो ।
 
आइतबारसम्ममा विश्वभर एक करोड १४ लाख ५३ हजारभन्दा बढी कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । समाचार तयार पार्दासम्म यो भाइरस सङ्क्रमित पाँच लाख ३४ हजार ८६५ जनाको ज्यान गुमेको पुष्टि विश्व स्वास्थ्य संगठनले गरेको छ । 
 
सङ्क्रमणका कारण सबैभन्दा बढी अमेरिकामा एक लाख ३२ हजार ३७८ जनाको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा ६४ हजार ३६५ जनाको मृत्यु भएको छ । अमेरिका र ब्राजिलमा क्रमशः २९ लाख ५२ हजार १२३ र १५ लाख ७८ हजार ३७६ व्यक्ति सङ्क्रमित रहेका छन् ।
 
भारतमा ६ लाख ८७ हजार ७६० र रूसमा सङ्क्रमितको सङ्ख्या छ लाख ८१ हजार २५१ रहेको छ भने मृत्युदर अन्य ठूला मुलुकको तुलनामा कम रहेको छ अर्थात् कोभिड–१९ का कारण रूसमा १० हजार १६१ व्यक्तिको मृत्यु भएको छ ।
 
त्यस्तै, पेरूमा दुई लाख ९९ हजार ८० सङ्क्रमित र १० हजार ४१२ मृत्यु, स्पेनमा दुई लाख ९७ हजार ६२५ सङ्क्रमित र २८ हजार ३८५ मृत्यु, चिलीमा दुई लाख ९५ हजार ५३२ सङ्क्रमित र छ हजार ३०८ मृत्यु भएको छ । 
 
बेलायतमा सङ्क्रमितको सङ्ख्या दुई लाख ८५ हजार ४१६ रहेको छ भने ४४ हजार २२० जनाको मृत्यु भएको छ । यसबाहेक बढी सङ्क्रमित र मृत्यु भएका मुलुकहरूमा मेक्सिको, इटली, इरान, पाकिस्तान, साउदी अरब, टर्की जर्मनी र चीन रहेका छन् । सिन्ह्वा