मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भारतमा कोरोनाबाट एकैदिनमा करिब २५ हजार सङ्क्रमित

भारतमा कोरोनाबाट एकैदिनमा करिब २५ हजार सङ्क्रमित


नयाँ दिल्ली । कोरोना भाइरसका कारण भारतमा एकैदिनमा करिब २५ हजार जना सङ्क्रमित भएका छन् । 
 
सरकारी स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घन्टामा २४ हजार ८५० जना सङ्क्रमित भएका छन् । 
 
दैनिकरुपमा सङ्क्रमित हुनेहरुको यो सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । 
 
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार योसँगै भारतमा कुल सङ्क्रमितको सङ्ख्या छ लाख ७९ हजार ५२० पुगेको छ । 
 
तीमध्ये दुई लाख ४५ हजार ९३७ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेको मन्त्रालयले जनाएको छ । 
 
त्यसैगरी सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या बढेर चार लाख १४ हजार २०३ पुगेको मन्त्रालयको तथ्याङ्क छ । 
 
मन्त्रालयका अनुसार भारतमा कोरोना भाइरसबाट मृत्यु भएकाहरुको कुल सङ्ख्या १९ हजार ३८० पुगेको छ । तीमध्ये ७११ जनाको पछिल्लो २४ घन्टामा मृत्यु भएको छ । 
 
प्रदेशअनुसार हेर्दा सवैभन्दा धेरै प्रभावित अझै पनि महाराष्ट्र प्रदेश नै भएको छ । महाराष्ट्रमा मात्रै अहिलेसम्म दुई लाख ६४ जना सङ्क्रमित भएका छन् भने आठ हजार ६७१ जनाको मृत्यु भएको छ । 
 
त्यसैगरी दोस्रो धेरै प्रभावित तमिल नाडु प्रदेशमा एक लाख ७ हजार एक जना सङ्क्रमित हुँदा एक हजार ४५० को मृत्यु भएको छ । त्यसैगरी केन्द्रीय राजधानीसमेत रहेको दिल्ली प्रदेशमा ९७ हजार २०० जना सङ्क्रमित भएका छन् । एएनआई