मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

बाल्टिमोरमा क्रिस्टोफर कोलम्बसको स्मारक तोडफोड

बाल्टिमोरमा क्रिस्टोफर कोलम्बसको स्मारक तोडफोड


बाल्टिमोर । अमेरिकाको बाल्टिमोरमा प्रदर्शनकारीहरुले शनिबार राति क्रिस्टोफर कोलम्बसको स्मारक तोडफोड गरी इनर हार्बरमा बगाइदिएका छन् । 
 
बाल्टिमोरको लिटिल इटाली नाम गरेको शहरमा रहेको कोलम्बसको ऐतिहासिक स्मारक ढाल्न प्रदर्शनकारीले डोरीको प्रयोग गरेका थिए । 
 
प्रहरी नियन्त्रणमा अश्वेत नागरिक जर्ज फ्लोएडको मृत्यु भएपछि आक्रोशित भएका प्रदर्शनकारीहरुले अमेरिकामा पछिल्ला दिनहरुमा कोलम्बस, कन्फिडेरेट नेताहरु र अरुहरुका स्मारकहरु सार्वजनिक स्थलबाट हटाउन माग गरिरहेका छन् । 
 
प्रदर्शनकारीको विचारमा इटालेली अन्वेषक क्रिस्टोफर अमेरिकासहित पश्चिमा देशहरुमा जातिसंहार र आदिवासी जनताको शोषणका लागि जिम्मेवार रहेका छन् ।
 
बाल्टिमोर सन अखबारका अनुसार उक्त स्मारक नगरपालिकाको स्वामित्वमा रहेको तथा पूर्व मेयर विलियम डोनाल्ड साफर र राष्ट्रपति रोनाल्ड रेगनको नाममा समर्पित रहेको थियो । 
 
बाल्टिमोरका मेयर बर्नार्ड योङका प्रवक्ता लेस्टर डेभिसले स्मारक भत्काइनु इतिहासलाई आफूखुशी व्याख्या गर्नु हो भने । 
 
प्रदर्शनकारीहरुले कोलम्बसका स्मारकहरु अरु राज्य एवं सहरहरुमा पनि भत्काइएका छन् । प्राप्त जानकारी अनुसार मायामी, रिचमन्ड, भर्जिनिया, सेन्ट पल, मिनेसोटा, बोस्टनमा रहेका कोलम्बसका शालिक तोडफोड गरिएका छन् ।  
 
इटालीका अन्वेषक क्रिस्टोफर कोलम्बसले पन्ध्रौँ शताब्दीमा अमेरिका पत्ता लगाएका थिए । एपी