मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोभिड-१९ बारे अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठनका प्रतिनिधि चीन जाने

कोभिड-१९ बारे अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठनका प्रतिनिधि चीन जाने


नयाँ दिल्ली । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको बारेमा अनुसन्धान गर्न अर्को हप्ता चीन जाने भएका छन् । कोभिड- १९ को उत्पत्तिको बारेमा अनुसन्धान गर्न उनीहरु चीन जाने भएको जानकारी उक्त संगठनले दिएको हो ।
 
यसअघि उक्त संगठनले चीनको वुहानबाट सुरु भएको भनिएको सो महामारीको अनुसन्धान गर्ने जनाएको थियो । तर, यस विषयमा चीन र विश्व स्वास्थ्य संगठनले कहिले जाने भन्ने बारेमा सहमति गर्न सकेका थिएनन् । 
 
कोभिड-१९ को महामारी गएको डिसेम्बर महिनाको अन्त्यतिरबाट चीनको वुहान सहरबाट सुरु भएको बताइएको छ । उक्त महामारीले अहिले विश्वमा पाँच लाखभन्दा बढी नागरिकको ज्यान लिइसकेको छ । त्यस्तै, एक करोडभन्दा बढी मानिस यस संक्रमणबाट संक्रमित भएका बताइएको छ । 
 
चीनमा पनि यस संक्रमणले चार हजारभन्दा बढीको मृत्यु भएको थियो । प्राप्त समाचारअनुसार चीनमा यस भाइरसको संक्रमण सुरु भएको करिब छ महिनापछि विश्व स्वास्थ्य संगठनका विज्ञहरु त्यहाँ पुग्ने भएका छन् । 
 
यसको संक्रमण अझै पनि कम भएको छैन । उक्त संगठनले शनिबार मात्र पनि विश्वमा कोरोना भाइरस संक्रमितको सङ्ख्या बढ्ने क्रममा नै रहेको बताउँदै प्रभावित सबै मुलुकहरूलाई संक्रमण फैलिन नदिन आवश्यक उपायको अवलम्बन गर्न भनेको थियो । 
 
विश्वका सबै देशका नागरिकले कोभिड–१९ संक्रमण दरमा कमी नआएको यथार्थलाई मध्यनजर गर्दै सचेत बन्नुपर्ने आजको आवश्यकता रहेको भन्दै विश्व स्वास्थ्य संगठनका आपतकालीन सेवा निर्देशक मिखायल ¥यानले सो आग्रह गरेका थिए । एएनआई